शनिबार, २३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

कुशल नेतृत्वको पर्खाईमा भलिबल 

आइतबार, ०८ जेठ २०७९खेलपाटी संवाददाता
कुशल नेतृत्वको पर्खाईमा भलिबल 

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं । कुनै खेल यस्तो हुन्छ, जसलाई बनाउन धेरै मेहनत गर्न पर्दैन । 

भलिबल त्यस्तै खेल हो । 

भलिबल नेपालको माटोको खेल हो । त्यसैले त यसलाई सरकारले राष्ट्रिय खेल बनाउन धेरै सोचेन । भौगोलिक विविधताका बीच सबै क्षेत्रमा उत्तिकै खेलिने र लोकप्रिय भएकै कारण यसलाई सरकारले राष्ट्रिय खेल बनाउने निर्णय गर्यो । 

भलिबल राष्ट्रिय खेल त बन्यो तर सापेक्षतामा यसको व्यवसायीकरण हुन सकेन । एक समय भलिबल सुतेको अवस्थामा थियो । नेपाल भलिबल संघमा दानबहादुर तामाङको आगमनसँगै केही प्रतियोगिताहरु सुरुवात भए । धेरैले सुतेको भलिबल ब्युँतिएको भनेर साउती मारे । त्यसपछि संघमा आए, मनोरञ्जनरमण शर्मा । पैसाले पुगेका, राम्रो व्यवसायीक सम्पर्कमा भएका शर्माको आगमनमा भलिबल दौडिने अपेक्षा गरिएको थियो । 

तर, भलिबलले गति लिन सकेन । 

भलिबलका प्रतियोगिता देशैभर आयोजना हुन्छन् । केन्द्रमै केही ठुलो प्रतियोगिता संघलेनै आयोजना गर्छ । देशभरका सम्पुर्ण जिल्ला सदस्य संस्था भएको संघ हो, भलिबल । संघका पदाधिकारी जोडतोडले लागेकै देखिन्छन् । दौडधुप उनीहरुको चलेको देखिन्छ । तर भलिबलको गति कछुवाको छ । नेपालको भलिबलको गति र कार्यशैली निकै धिमा र अव्यवस्थित छ । संघको केन्द्रिय कार्यालय राखेपको अध्यारो कोठाबाट बाहिर निस्कन सकेको छैन । केही सिमित व्यक्तिको हालीमुहाली र स्वार्थ भन्दा भलिबल माथि उठ्न सकेको छैन । 

नेपालमा टिम गेमको रुपमा फुटबल, क्रिकेटपछि भलिबललाई लिने गरिन्छ । फुटबल र क्रिकेटका खेलाडीले नियमित रुपमा मासिक भत्ता र तलब बुझ्छन् । तर भलिबलका राष्ट्रिय खेलाडी आजका दिनसम्म रित्तो जोगी छन् । पक्कैपनि फुटबल र क्रिकेटमा बाहिरबाट राम्रो सहयोग आउँछ । तर प्रचुर सम्भावनाका बीच राष्ट्रिय खेलले देशभित्रैबाट राम्रो सहयोग जुटाउन सकेको छैन । केही प्रतियोगितामा खेलाडी र संघ मख्ख परेर बस्नुपर्ने अवस्था छ । यो भलिबल संघ हो कि प्राविधिक संघ भनेर खेलकुदका विज्ञ ब्यङ्गनै गर्छन् । प्रतियोगिता आयोजना गर्नमात्र संघले आफ्नो मुख्य जिम्मेवारी ठानेको देखिन्छ । राष्ट्रिय खेलाडीलाई मासिक तलब सुविधादेखि पुर्वाधार विकास, ग्रासरुट कार्यक्रम, नियमित र स्तरीय प्रतियोगिता, रेफ्री तथा प्रशिक्षक उत्पादन, खेलाडीको अन्तराष्ट्रिय एक्सपोजर र खेलाडीलाई मनग्य कमाई गर्ने वातावरण बनाउन संघको गृहकार्य देखिदैन । वर्षमा एकाध प्रतियोगिता आयोजना गर्नुको आत्मस्लागामा संघ रमाएर बसेको छ ।

देशको राष्ट्रिय खेल भलिबलको अभ्यास र प्रतियोगिताका लागि एउटा कभर्डहल छैन । त्रिपुरेश्वरस्थित साझा कभर्डहलमै भलिबल निर्भर छ । राष्ट्रिय खेलाडीको नियमित प्रशिक्षण र प्रतियोगिता छैन । विभागले टिकाईदिएका खेलाडीमा संघ पुर्ण रुपमा निर्भर छ । विभाग बाहिर रहेर खेलाडीको खेल जिवन अघि बढ्दैन । एकाध खेलाडी अन्धकार भविष्य बोकेर भलिबलको करियर अघि बढाईरहेका छन् । 

सार्वजनीक मञ्चमा संघका पदाधिकारी आफुहरुले राज्यहरु उचित सहयोग नपाएको रोईलो गर्छन् । तर गत आर्थिक वर्ष भलिबलको कभर्डहलका लागि डीपीआर बनाउन आएको बजेट फ्रिज बनेर गएको अवस्था छ । त्यही अवस्था चालू आर्थिक वर्षमा पनि छ । राजधानीको केन्द्र त्रिपुरेश्वरमा कभर्डहल बनाउन पहल गर्ने आश्वास खेलकुद मन्त्रीले दिएका थिए । त्यसका लागि अध्ययन गर्न समिति समेत गठन भयो । भलिबलको कभर्डहल निर्माणका लागि निरन्तर फलोअप कसले गर्ने ? 

गुनासो र गनगन मात्र गर्ने र जिम्मेवारीबाट पन्छिने संघका पदाधिकारीको कार्यशैलीबाट भलिबल अघि कसरी बढ्छ ? संघीयताको अभ्याससँगै खेलकुदको बजेट केन्द्रभन्दा प्रदेश, जिल्ला र स्थानीय तहमा पुगेको छ । तर भलिबलका लागि प्रदेश र स्थानीय तहका सरकारसँग सहकार्य गर्ने जाँगर संघका पदाधिकारीमा देखिदैन । राखेप वरपर घुमेरै पदीय स्वार्थमा लिप्त पदाधिकारीबाट भलिबलको उन्नती देखिदैन । 

सामान्यता खेलकुदमा समाजका प्रतिष्ठित र पैसा खर्च गर्न सक्ने मान्छेको खोजी गरिन्छ । भलिबलले पनि त्यसको अभ्यास गर्यो । दानबहादुर तामाङदेखि मनोरञ्जनरमण शर्मासम्मका धनमान्य व्यक्तित्वले संघको नेतृत्व गरे । उनीहरुको आगमनसँगै संघ केही चलायमान बन्यो, केही कार्यक्रम सञ्चालनमा आए । तर भलिबले समय सापेक्ष विकास गर्न सकेन । अब भलिबल संघमा स्रोतको व्यवस्थापन गर्नेदेखि खेलको योजनाबद्ध विकास गर्ने नेतृत्वको खाँचो देखिएको छ । जसले भलिबलको ग्रासरुटदेखि अन्तराष्ट्रिय एरिनासम्मको योजना बनाउनेदेखि कार्यान्वयन गर्न सकोस । केन्द्र, प्रदेश, जिल्ला हुँदै स्थानीय तहसम्म पुगेर बजेटको व्यवस्था गर्न सकोस । पर्याप्त प्राविधिक जनशक्तिको उत्पादन गर्न सकोस र भलिबल खेलेरै खेलाडीले जिविकोपार्जन गर्नेदेखि खेलमै करियर बनाउन वातावरण निर्माण गर्न सकोस् । 

अनि हामी पनि भनौला, जय भलिबल । 

Loading ad...
LiNing Ad
कुशल नेतृत्वको पर्खाईमा भलिबल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

मेसीसँग ढुक्क छ अर्जेन्टिना

मेसीसँग ढुक्क छ अर्जेन्टिना

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै