चित्लाङको विजयी सुरुआत
बुधबार, कार्तिक २०, २०८२खेलपाटी संवाददाता

काठमाडौं। चित्लाङ फुटबल क्लबले एन्फा प्रेसिडेन्ट लिगमा विजयी सुरुआत गरेको छ।
गौरिटार रंगशालामा बुधबार भएको उद्घाटन खेलमा चित्लाङले देउराली युथ क्लबलाई ४–१ ले पराजित गरेको हो। योसँगै चित्लाङले तीन अंक हात पारेको छ।
चित्लाङको जितमा चन्दनकुमार दास, लाहन सुब्बा, विज्ञान खड्का र मदन स्याङ्तानले गोल गरे। देउरालीका रामचन्द्र वाजीले एक गोल फर्काए।
खेलको ३२औं मिनेटमै चित्लाङले चन्दनको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। त्यसपछि इन्जरी समयको एक मिनेटभित्र नै लहान र विज्ञानले गोल गर्दै चित्लाङलाई ३–० को आरामदायी स्थितिमा पुर्याए। तर, दोस्रो हाफमा दुवै टोलीले समान एक गोल गरे।
८८औं मिनेटमा मदनले गोल गर्दै चित्लाङलाई ४–० को स्थितिमा पुर्याए। इन्जरी समयको तेस्रो मिनेटमा रामचन्द्रले गोल गरे पनि देउरालीलाई हारबाट जोगाउन सकेनन्।










-1762303379429.webp&w=3840&q=75)
-1762302838469.webp&w=3840&q=75)
