नेपालको पहिलो जित

काठमाडौं। नेपालले काभा यू–१९ महिला भलिबल च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ।
श्रीलंकाको कोलोम्बोस्थित सुगाथादासु इन्डोर कम्प्लेक्समा बुधबार सम्पन्न रोमाञ्चक खेलमा नेपालले घरेलु टोली श्रीलंकालाई ३–१ सेटमा पराजित गर्दै प्रतियोगिताको पहिलो जित दर्ता गरेको हो।
यसअघि नेपाल पहिलो खेलमा कीर्गिस्तानसँग ३–२ सेटको प्रतिस्पर्धात्मक हार बेहोरेको थियो। दुई खेलबाट नेपालले ४ अंक जोड्दै तालिकामा दोस्रो स्थानमा उक्लिएको छ।
नेपालले खेलको सुरुआतमै उत्कृष्ट प्रदर्शन गर्दै पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो। दोस्रो सेटमा दुवै टोलीबीच प्रतिस्पर्धात्मक खेल चले पनि नेपालले २६–२४ ले जित्दै अग्रता दोब्बर गर्यो।
तेस्रो सेटमा श्रीलंकाले १९–२५ ले फर्किने संकेत दिए पनि नेपालले चौथो सेट २५–२० ले जित्दै खेल आफ्नो पक्षमा टुंग्यायो।
नेपालले अब लिग चरणको तेस्रो खेल बिहीबार माल्दिभ्सविरुद्ध खेल्नेछ।














