बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

‘सेफ जोन’को सम्झौता : एन्फा र क्लब दुवैको आत्मसमर्पण

मंगलबार, १८ कार्तिक २०८२खेलपाटी संवाददाता
‘सेफ जोन’को सम्झौता :  एन्फा र क्लब दुवैको आत्मसमर्पण
Loading ad...
mustang rice ad

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच सोमबार भएको नयाँ सहमति देखावटी रूपमा फुटबल फर्किने संकेत दिन्छ। तर, यो सम्झौताको भित्री कथा भने फुटबलको पुनर्जागरण होइन, सत्ता र सुरक्षाको सेफ जोनमा बाँधिएको फुटबल प्रशासनको आत्मसमर्पण जस्तो देखिन्छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बैठकमा एन्फा पदाधिकारी र ‘ए’ डिभिजनका क्लब अध्यक्षहरूबीच अर्को वर्षको पुस ३ गतेदेखि लिग सुरु गर्ने सहमति भएको हो। यो निर्णयसँगै नेपाली फुटबलको शीर्ष प्रतियोगिता लगभग चार वर्षपछि मात्र हुने पक्का भएको छ।

२०७९ सालमा चर्च ब्वाइज युनाइटेडले अन्तिम पटक लिग उपाधि जितेको थियो। त्यसपछि लिग नभएको ८७६ दिन बितिसकेको छ र नयाँ सहमति अनुसार अझै ४१० दिन पर्खनुपर्नेछ।

बैठकमा सहभागी एक क्लब पदाधिकारीका अनुसार एन्फाले लिग गर्न असमर्थ भएको स्पष्ट रूपमा स्विकारेको थियो। उक्त स्वीकारोक्तिमा क्लबहरूले पनि ‘ठिक छ’ भन्दै सहमति जनाएका हुन्।

उनले खेलपाटीसँग भने,‘एन्फाले नै सक्दिन भनेपछि सबै जसो क्लबले चुपचाप सहमति जनाए। यो सहमति होइन, क्लबहरूको हार हो।’ एन्फाको प्रस्तावअनुसार क्लबहरूले अब लिग नखेले पनि आफ्नो ‘ए’ डिभिजन हैसियत जोगाउन पाउने छन्।

यही कारण क्लबहरू पनि सहजै सहमत भएका हुन्। यसरी लिग नखेले पनि क्लबको हैसियत र मताधिकार जोगाइने व्यवस्था भएपछि दुवै पक्षका लागि ‘सेफ जोन’ तयार भएको छ। यो जोनमा न कसैलाई रेलिगेसनको डर छ, न कसैलाई नतिजा निकाल्नुपर्ने दबाब।

एन्फाले यस वर्ष राष्ट्रिय लिग आयोजना गरेर ‘लिगको चक्र’ पूरा गर्ने जनाएको छ। तर, त्यसमा पनि २०७९ सालको लिगका शीर्ष ६ क्लब मात्रै खेल्ने छन्। चर्च ब्वाइज, मच्छिन्द्र, नेपाल पुलिस, जावलाखेल, सातदोबाटो र न्यूरोड टिम (एनआरटी) जस्ता क्लब रेलिगेसनमा जाने छैन।

यस निर्णयले फुटबलको प्रतिस्पर्धा होइन, सुविधा र स्थायित्वको राजनीतिलाई प्राथमिकता दिएको देखिन्छ। यस्तो प्रणालीले खेलको विकास होइन, जवाफदेहिताको अन्त्य गर्ने देखिन्छ।

‘एन्फा र क्लब दुवै आफ्नो स्थिति सुरक्षित राख्न चाहन्छन्,’ अर्का एक पदाधिकारी भन्छन्,‘तर, खेलाडीहरूको भविष्य, मैदानको ऊर्जा र समर्थकहरूको भावना कसले जोगाउने?’

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको चार वर्षे पहिलो कार्यकालमा एउटा मात्र ‘ए’ डिभिजन लिग हुने देखिएको छ। फुटबलका लागि यो समय स्थिर विकास होइन, स्थगनको युग बनेको छ।

एन्फा नेतृत्वले लिग स्थगनका कारण बजेट, संरचना र तालिकागत समस्यालाई देखाएको छ। तर, क्लबहरूले पनि त्यही बहानामा समस्या भन्दा बढी बहाना बनाएको देखिन्छ।

लिग स्थगित रहँदा सबैभन्दा बढी असर खेलाडीहरूमा परेको छ। अहिले १२ सयभन्दा बढी खेलाडीलाई असर पारेको नेपाल खेलाडी संघको दाबी छ। साढे तीन वर्षभन्दा बढी समय मैदान उत्रिन नपाएका धेरै खेलाडीहरू अन्य पेशातिर मोडिँदैछन्। अझ १३ महिनापछि लिग सारिँदा खेलाडी मर्नुपर्ने अवस्थामा पुगेको नेपाली राष्ट्रिय टोलीका डिफेन्डर अनन्त तामाङ बताउँछन्।

‘लिग मेरो लागि मात्र होइन, मजस्ता हजारौं खेलाडीका लागि हो। सबै ए, बी र सी डिभिजन क्लबका सरहरूलाई दश औंला जोडेर बिन्ति गर्छु, हामी खेलाडीलाई जिउँदै नमार्नुहोस्,’ उनी भन्छन्।

एन्फा र क्लबहरू दुवैले अपनाएको सेफ जोन प्रणाली छोटो अवधिमा सजिलो देखिए पनि दीर्घकालमा यो खेल संस्कृतिमाथि चोट लाग्ने पक्का देखिन्छ।

लिगको उद्देश्य प्रतिस्पर्धासँग घटुवा र बढुवा हो। तर, अहिलेको प्रणालीले त्यो भावनालाई समाप्त गरिदिएको छ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बड’लेन्डको जितमा एरोनको गोल

बड’लेन्डको जितमा एरोनको गोल

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

लालीगुराँस र मनास्लु सेमिफाइनलमा

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

आशीषको उपचारमा करिब १२ लाख रुपैयाँ उठ्यो

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

नेपालले तीन टेस्ट राष्ट्रका टोलीसँग प्रतिस्पर्धा गर्ने

 नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

नेपालले न्युजिल्यान्ड ‘ए’ सँग खेल्ने

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी