बिहिबार, २४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

बिहिबार, २४ बैशाख २०८३खेलपाटी संवाददाता
जियानलुकालाई फिफाको पनि प्रतिबन्ध
Loading ad...
mustang rice ad

काठमाडौं। फिफाले जियानलुका प्रेस्टियानीमाथि लगाइएको प्रतिबन्धलाई विश्वव्यापी रूपमा लागू गर्ने पुष्टि गरेको छ। यससँगै यदि उनी अर्जेन्टिनाको विश्वकप टोलीमा परे अमेरिकामा हुने विश्वकपका दुई खेल गुमाउने भएका छन्।

युरोपेली फुटबल महासंघ (युईएफए)ले दुई साताअघि बेन्फिकाका विंगर प्रेस्टियानीलाई रियल मड्रिडका ब्राजिली फरवार्ड भिनिसियस जुनियरप्रति दुर्व्यवहार गरेको आरोपमा ६ खेलको प्रतिबन्ध लगाएको थियो। तीमध्ये तीन खेल निलम्बित अवस्थामा राखिएका छन्। घटनाका क्रममा प्रेस्टियानीले आफ्नो जर्सीले मुख छोपेर अपमानजनक शब्द प्रयोग गरेका थिए।

फिफाले युईएफएको आग्रहअनुसार उक्त प्रतिबन्धलाई युरोपेली प्रतियोगिताबाहिर पनि लागू गरेको हो। सोही कारण आगामी महिना सुरु हुने विश्वकपमा समेत प्रतिबन्ध लागु हुने भएको छ।

फिफाले विज्ञप्तिमा भनेको छ,‘फिफा अनुशासन समितिले बेन्फिकाका खेलाडी जियानलुका प्रेस्टियानीमाथि युईएफएले लगाएको ६ खेलको प्रतिबन्धलाई विश्वव्यापी रूपमा लागू गर्ने निर्णय गरेको छ।’

अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनीले विश्वकप उपाधि रक्षा गर्ने टोलीमा प्रेस्टियानीलाई समावेश गर्ने कि नगर्ने भन्ने अझै स्पष्ट छैन। अर्जेन्टिनाले जुन १७ मा क्यान्सस सिटीमा अल्जेरियाविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ भने पाँच दिनपछि टेक्सासको आर्लिङ्टनमा अस्ट्रियासँग खेल्नेछ। समूहमा पहिलोपटक विश्वकप खेल्न लागेको जोर्डन पनि रहेको छ।

२० वर्षीय प्रेस्टियानीले नोभेम्बरमा मैत्रीपूर्ण खेलमार्फत अर्जेन्टिनाका लागि पहिलो पटक खेलेका थिए। मार्च ३१ मा जाम्बियाविरुद्ध भएको विश्वकप तयारी खेलमा भने उनी वैकल्पिक खेलाडीका रूपमा मात्रै रहेका थिए।

स्कालोनीले मार्चमा उनलाई टोलीमा बोलाउँदा युईएफएको अनुसन्धानबारे कुनै टिप्पणी गरेका थिएनन्। उनले पाउलो डिबाला उपलब्ध नभएकाले प्रेस्टियानी आवश्यक परेको बताएका थिए। युईएफएले भिनिसियस र उनका टोलीका साथी किलियन एम्बाप्पेको आरोपका आधारमा प्रेस्टियानीमाथि जातीय दुर्व्यवहारसम्बन्धी अनुसन्धान गरेको थियो।

उनीहरूले प्रेस्टियानीले बाँदर भन्ने स्पेनी शब्द प्रयोग गरेको दाबी गरेका थिए, जुन उनले रातो जर्सीले मुख छोपेर बोलेका थिए। यद्यपि, युईएफएले जातीय दुर्व्यवहार पुष्टि गर्न सकेन। प्रेस्टियानीले आरोप अस्वीकार गरे पनि आफूले समलैंगिकविरोधी अपमानजनक शब्द प्रयोग गरेको स्वीकार गरेका थिए।

प्रेस्टियानीले आफ्नो प्रतिबन्धको पहिलो खेल फेब्रुअरीमा नै भोगिसकेका छन्। युईएफएले उनलाई रियल मड्रिडविरुद्धको च्याम्पियन्स लिग नकआउट प्लेअफको दोस्रो लेग खेल्न रोकेको थियो।

गत साता फिफाले खेलाडीले विपक्षीलाई गाली गर्दा मुख छोपेमा सिधै रातो कार्ड दिने प्रस्ताव ल्याएको थियो। यसलाई अन्तर्राष्ट्रिय फुटबल नियम निर्माण संस्था आईएफएबीले पारित गरेको थियो। यदि प्रेस्टियानी अर्जेन्टिनाको विश्वकप टोलीमा परेनन् भने उनले बाँकी प्रतिबन्ध आगामी सिजन युईएफएद्वारा आयोजित युरोपेली प्रतियोगितामा भोग्नेछन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

जियानलुकालाई फिफाको पनि प्रतिबन्ध

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेपाल ‘ए’ र स्कटल्यान्डबीचको खेलमा वर्षा बाधक

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

नेयमारले प्रशिक्षणमै हाने साथीलाई झाप्पड

लगातार  च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

लगातार च्याम्पियन्स लिगको उपाधिबाट एक कदम पछाडि पीएसजी

रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा