बुधबार, २३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

रेसिङ सहारा फाइलन प्रवेश

बुधबार, २३ बैशाख २०८३खेलपाटी संवाददाता
रेसिङ सहारा फाइलन प्रवेश
Loading ad...
mustang rice ad

बाँके। बाँकेको कोहलपुरमा जारी चौथो कोहलपुर गोल्डकप–२०८३ मा कोहलपुर रेसिङ सहारा क्लब फाइनल प्रवेश गरेको छ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा लालीगुराँस एसोसियसन क्लब पोखरालाई २–१ गोल अन्तरले पराजित गर्दै आयोजक क्लब फाइनल प्रवेश गरेको हो। 

कोहलपुर रेसिङ सहारा क्लबलाई जिताउन पहिलो हाफको १६औं मिनेटमा जर्सी नम्बर २४ का नीराजन खत्रीले गोल गरेका थिए। पहिलो हाफकै ३८औं मिनेटमा कोहलपुर रेसिङ सहारा क्लबका ओम प्रकाश चौधरीले उत्कृष्ट हेडर गोल गर्दै २–० गोलको स्थितिमा पुर्‍याए।

दोस्रो हाफमा भने लालीगुराँस एसोसियसन क्लब पोखराले कम ब्याक गर्ने निकै कोसिस गर्‍यो। निकै प्रतिस्पर्धात्मक खेलमा पोखराका लागि दोस्रो हाफको ६८ औं मिनेटमा जर्सी नम्बर १८ का रोशन छन्त्यालले गोल गरेका थिए।

टिमले उत्कृष्ट पुनरागमनको लागि धेरै पटक कोसिस गर्दासमेत फिनिसिङमा चुक्दा लालीगुराँस एसोसियसन क्लब पोखरा प्रतियोगिताबाट बाहिरिएको छ। चौथो संस्करणमा लगातार दुई खेल जितेको कोहलपुर रेसिङ सहारा क्लब फाइनल प्रवेश गर्ने पहिलो टिम बनेको छ।  

खेलको म्यान अफ द म्याच कोहलपुर रेसिङ सहारा क्लबका ओम प्रकाश चौधरी बने। उनलाई कोहलपुर रेसिङ सहारा क्लबका अध्यक्ष चक्र चिमला क्षेत्री, संयोजक कर्ण बस्नेत र एन प्यानाङ एफसीका प्रबन्धक विनोद थापाले संयुक्त रूपमा नगद पाँच हजार र ट्रफी वितरण गरेका थिए।

कोहलपुर रेसिङ सहाराले आफ्नो पहिलो खेलमा कोहलपुर रेसिङ सहारा क्लबले १–० गोल अन्तरले पञ्चकोशी यूथ क्लब सुदूरपश्चिमलाई पराजित गरेको थियो। लालीगुराँस एसोसियसन क्लब पोखराले सातादोबाटो यूथ क्लब काठमाडौँलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो। 

समूह चरणको दोस्रो खेलमा रोयल फुटबल क्लब कर्णाली प्रदेश, विदेशी क्लब जस्ट जोन एफसी नाइजेरियासँग ४–२ गोल अन्तरले पराजित भएको थियो भने तेस्रो खेलमा सातादोबाटो यूथ क्लब काठमाडौँलाई हराउँदै लालीगुराँस एसोसियसन क्लब पोखरा विजयी भएको थियो। 

चौथो तथा समूह चरणको अन्तिम खेलमा कोहलपुर गोल्डकपको साबिक विजेता राइसिङ स्टार क्लब सुनवल नवलपरासीलाई विभागीय टिम नेपाल पुलिस क्लबले पराजित गरेको थियो।  चौथौं कोहलपुर गोल्डकप वैशाख २६ गते सकिनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

च्याम्पियन्स लिगको दौडबाट टाढियो चेल्सी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
रेसिङ सहारा फाइलन प्रवेश

रेसिङ सहारा फाइलन प्रवेश

सन्दीपको वरीयतामा १५ स्थान सुधार

सन्दीपको वरीयतामा १५ स्थान सुधार

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

एसियन गेम्स र प्रिमियर कप छनोट खेल्ने टोली घोषणा

आरिफ सहायक हवलदारमा बढुवा

आरिफ सहायक हवलदारमा बढुवा

आर्सनलका २४ वर्षीय नायक साका

आर्सनलका २४ वर्षीय नायक साका

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

चोट बोकेका एमबाप्पे नायिकासँग इटाली घुम्न पुगे

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

गुल्शन चम्किएसँगै ओमानमाथि नेपालको बदला

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त

राखेपका उपाध्यक्ष आचार्यसहित १९ बोर्ड सदस्यहरू पदमुक्त