सडकमा उत्रिँदै फुटबल खेलाडी !

काठमाडौं। नेपाल फुटबल खेलाडी संघले एन्फा कप्लेक्समा धर्ना दिने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले पुनः सहिद स्मारक ‘ए’ डिभिजन लिग स्थगन गर्ने निर्णयको विरोधमा बिहीबार संघले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा धर्ना कार्यक्रम गर्ने घोषणा गरेको छ।
एन्फासँग पछिल्लो दुई वर्षदेखि निरन्तर रूपमा संवाद र प्रयास गरेर लिग सञ्चालनका लागि दबाब दिँदै आएको संघले दाबी गरेको छ। तर, एन्फाले खेलाडीको आवाजलाई बेवास्ता गर्दै लिग स्थगन गर्ने निर्णय गरेपछि आफूहरू सडकमा आउन बाध्य भएको संघले जनाएको छ।
संघले भनेको छ,‘एन्फाले पुनः एकपटक लिग स्थगन गर्ने निर्णय गरेपछि हामी खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएका छौं।’
संघले बिहीबार बिहान ११ बजे एन्फा कम्प्लेक्सबाहिर धर्ना कार्यक्रम गर्ने जनाएको छ। उक्त कार्यक्रममा सबै तहका खेलाडी, प्रशिक्षक, रेफ्री तथा फुटबलका सरोकारवालालाई उपस्थित रहन आह्वान गरिएको छ।












-1762303379429.webp&w=3840&q=75)