शनिबार, २३ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्यानल बनाउन शेर्पा र नेम्वाङ्गको कसरत

बिहिबार, ०५ जेठ २०७९खेलपाटी संवाददाता
प्यानल बनाउन शेर्पा र नेम्वाङ्गको कसरत
Loading ad...
mustang rice ad
 

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनका लागि दुई पक्ष प्यानल निर्माणको गृहकार्यमा जुटेको छ । जिल्ला, संघ र क्लबबाट मताधिकार प्राप्त प्रतिनिधिको नाम केन्द्रमा आएसँगै दुवै पक्ष प्यानल बनाउने गृहकार्यमा जुटेको हो । 

एन्फाको आसन्न असार ६ गतेको केन्द्रिय निर्वाचनका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ्ग नेतृत्वका लागि तयारी गरिरहेका छन् । एन्फाको सदस्य जिल्ला, संघ र क्लबको साधारण सभाबाट आएका नयाँ नेतृत्वसँग वर्तमान अध्यक्ष शेर्पा र नेम्वाङ्ग निरन्तर सम्पर्क र छलफलमा छन् ।

एन्फाका ४८ सदस्य जिल्ला मध्य ४५ जिल्लाले मताधिकार सहित केन्द्रिय निर्वाचनमा भाग लिन पाउछन् । सदस्य जिल्ला मध्य संखुवासभा, गोरखा र कास्की मताधिकारबाट छुटेका छन् । संखुवासभा शेर्पा निकट र गोरखा, कास्की नेम्वाङ्ग निकट जिल्ला हुन् । केन्द्रिय निर्वाचनमा ए डिभिजनका १४, बी डिभिजनका ११ र सी डिभिजनका ९ क्लबले मताधिकार प्राप्त गरेका छन् । चार संघ, राष्ट्रिय लिगका लागि छनोट चार क्लब समेत मताधिकार सहित एन्फा निर्वाचनमा सहभागी हुनेछन् । एन्फाको आसन्न निर्वाचनमा ८७ भोट खस्नेछ । बहुमत प्राप्त गर्ने ब्यक्ति एन्फाको चार वर्षे कार्यकालका लागि नेतृत्वमा चुनिनेछ । 

एन्फाको अघिल्लो निर्वाचनमा एकै प्यानलबाट चुनावी प्रतिस्पर्धा गरेका शेर्पा र नेम्वाङ्ग अहिले बेग्ला बेग्लै प्यानल सहित चुनावी मैदानमा उत्रने तयारी गरेका छन् । शेर्पा समुहबाट चुनाव जितेका नेम्वाङले असन्तुष्ट पदाधिकारीको साथ लिएर बेग्लै प्यानल निर्माणको तयारी गरेका छन् । अध्यक्ष शेर्पासँग असन्तुष्ट वर्तमान कार्यसमितिका पदाधिकारीहरु नेम्वाङ्गसँग छन् । अघिल्लो चुनावमा शेर्पाविरुद्ध लडेका जिल्ला तथा क्लबलाई नेम्वाङ्ग पक्षले समेटेको छ । एन्फाको नयाँ निर्वाचित कार्यसमिति २१ सदस्यीय हुनेछ । संशोधित विधान अनुसार यसपटक वरिष्ठ उपाध्यक्षमा समेत निर्वाचन हुनेछ । महासचिव र कोषाध्यक्ष मनोनित हुनेछन् ।

साधारण सभामार्फत जिल्ला, संघ र क्लबमा आएका नयाँ नेतृत्व मध्य केही खुलेर पक्ष÷विपक्षमा लागेका छन्, केही चुप बसेका छन् । मध्यमार्गी धारमा रहेका केही जिल्ला, क्लब र संघलाई दुवैपक्षले आफ्नो कित्तामा उभ्याउन सक्दो कोशिश गरिरहेका छन् । विपक्षी कित्तामा भएका प्रभावशाली प्रतिनिधिलाई आफ्नो प्यानलमा ल्याउन सक्दो कोशिश भैरहेको छ । 

शेर्पा पक्षका एक पदाधिकारी प्यानल निर्माणमा आफुहरुलाई खासै समस्या नरहेको बताउँछन् । ‘साथीहरुको सुझाव अनुसार अघि बढ्ने हो । प्यानल बनाउन खासै समस्या छैन । पदाधिकारीमा केही आकांक्षी छन् । तर सहमती अनुसारनै सबै टुङ्गिन्छन् ।’ उनी भन्छन् । 

संस्थापन पक्षबाट वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालेनै नयाँ नेतृत्वका लागि दोहोरिने पक्का छ । महासचिव इन्द्रमान तुलाधरको ‘मुभ’ अनुसार अन्य पदाधिकारी टुङ्गो लगाउने संस्थापन पक्षको तयारी छ । अध्यक्ष शेर्पा वर्तमान महासचिव तुलाधरलाई वरिष्ठ उपाध्यक्षमा मनाएर आफुपछिको नेतृत्वका लागि तयार पार्न चाहन्छन् । महासचिवमै दोहरिने वा वरिष्ठ उपाध्यक्षमा बस्ने रोजाई इन्द्रमान समक्ष छ । तर आन्तरिक बैठकमा तुलाधरले महासचिवमै दोहरिने इच्छा देखाएका छन् । तुलाधर महासचिवमै बस्ने भएपछि वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुलीले उम्मेदवारी दिने तयारी छ । इन्द्रमान आउने भए आफु उपाध्यक्षमै बस्ने तर इन्द्रमान महासचिवमा दोहरिने भए वरिष्ठमा आफुले उम्मेदवारी दिने पराजुलीले बताउने गरेका छन् । उनको दाबीमा शेर्पा समुहकै अधिकांश पदाधिकारीको सहमती छ । लिग कमिटिको संयोजक रहेका बिज्ञानराज शर्माले समेत वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन्, तर एन्फा राजनीतिमा उनको खासै पकड छैन । सोही कारण वरिष्ठमा पराजुलीकै पल्लाभारी देखिन्छ ।

संस्थापन पक्षका अन्य उपाध्यक्षमा उपेन्द्रमान सिंह दोहरिने पक्कापक्की छ । वर्तमान कार्यसमितिमा राजनीतिक र प्राविधिक हिसाबले आफुलाई साथ दिएका सिंहलाई उपाध्यक्षमा दोह¥याउन अध्यक्ष शेर्पाकै जोडबल छ । संस्थापन पक्षको उपाध्यक्षको अर्का उम्मेदवार हुन्, कुमार केसी । अध्यक्ष शेर्पाको मुख्य सारथी मानिएका केसीेको जिल्ला र एन्फा राजनीतिमा राम्रो पकड भएको मानिन्छ । आर्थिक पारदर्शीताको मामिलामा ‘क्लिन’ र एन्फाभित्रको सत्ताभोगबाट टाढै बस्न रुचाउने केसी वर्तमान अध्यक्ष शेर्पालाई संकट पर्दा काठमाडौंमा देखिने गर्छन् । अधिकांश समय बुटवलमै बस्ने केसी जिल्लालाई आधार बनाएर फुटबल र पाटी राजनीतिमा सक्रिय छन् । संस्थापन पक्षको अर्को एक उपाध्यक्षको टुङ्गो लाग्न बाँकी छ । त्यसमा रत्नकुमार श्रेष्ठदेखि पूर्णमान चित्रकारको सम्भावना अधिक देखिन्छ । 

अध्यक्षका अर्का दाबेदार पंकज बिक्रम नेम्वाङ्गले समेत प्यानल बनाउने गृहकार्यलाई तिव्रता दिएका छन् । उनले आफु टिम बनाउनका लागि छलफलमै रहेको बताउँछन् । ‘छलफल हुदैछ । मनोनयन हुन्छ । टिमपनि संगसंगै बन्छ ।’ उनले खेलपाटीसँग भनेका छन् । 

अध्यक्षमा नेम्वाङ्गलेनै उम्मेद्वारी दिने पक्कापक्की छ । नेम्वाङ्ग प्यानलबाट वरिष्ठ उपाध्यक्षको उम्मेद्वार समेत ‘क्लियर’ छ । वरिष्ठ उपाध्यक्षमा नेम्वाङ्ग प्यानलबाट वीरबहादुर खड्काले उम्मेद्वारी दिने तयारी गरेका छन् । वरिष्ठ उपाध्यक्षलाई एन्फाभित्र फुटबलको भावी नेतृत्वको रुपमा समेत हेरिन्छ । नेम्वाङ्ग प्यानलबाट उपाध्यक्षको उम्मेद्वारमा अर्का पक्का भएको नाम हो, विराटजंग शाही । खेलाडी र व्यवस्थापकको रुपमा फुटबलमा लामो समय योगदान गरेका श्रेष्ठलाई उपाध्यक्षको रुपमा उम्मेदवार बनाउन नेम्वाङ्ग पक्षका सबै तयार छन् । नेम्वाङ्ग पक्षबाट उपाध्यक्षको रुपमा अन्य धेरै आकांक्षी छन् । थ्री स्टार क्लबका अध्यक्ष अरुणमान जोशी, सुरेश शाह, दिपक खतिवडा, दिनेश ब्यन्जनकार लगायत उपाध्यक्षका सम्भावित उम्मेदवार रहेका छन् । नेम्वाङ्ग पक्षका किरण राईले महासचिवमा इच्छा देखाएका छन् । त्यसैले उनी उपाध्यक्षको दौडमा छैनन् । खुलेर आफुलाई साथ दिदै आएका कैलालीका अनिल मल्लदेखि बाँकेका भोजराज शाहीलाई उपयुक्त जिम्मेवारी दिने चुनौती नेम्वाङ्ग समक्ष छ । 

आसन्न नेतृत्वका लागि दाबी गरेका शेर्पा र नेम्वाङ्ग पक्षले जिल्ला फुटबल संघमा आफ्नो पकड बनाउन जोडतोडले मेहनत गरिरहेका छन् । मुख्य गरि एक नम्बर र बागमती प्रदेशमा नेम्वाङ्ग पक्षको अवस्था राम्रो देखिन्छ । गण्डकी र लुम्बिनी प्रदेशमा शेर्पा पक्ष बलियो छ । दुई नम्बर प्रदेशलाई आफ्नो पक्षमा पार्न शेर्पा र नेम्वाङ्गले मेहनत गरिरहेका छन् । क्लब र संघमा आफु बलियो रहेको दुवैपक्षको दाबी छ । एन्फा निर्वाचनको ८७ भोटमा ५५ बढी मत आफुसँग रहेको दुवै पक्षको दाबी छ । 
 

Loading ad...
LiNing Ad
#शेर्पा र नेम्वाङ्गको

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

किरण र विक्रम समूहबीच दरार आएकै हो ?

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

ब्याटिङमा पहिचान गुमाएको नेपाल

ब्याटिङमा पहिचान गुमाएको नेपाल

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
अक्टोबरदेखि एनपीएल

अक्टोबरदेखि एनपीएल

अन्भीलाई स्वर्ण

अन्भीलाई स्वर्ण

रहेनन् मेसीका पिता

रहेनन् मेसीका पिता

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

रेफ्रीलाई यौन सेवा दिएको स्वीकार्दै दक्षिण कोरियाले माग्यो माफी

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

बार्सिलोना र सिटीसँग रोड्रीको मूल्यमा कुरा मिलेन

मेसीसँग ढुक्क छ अर्जेन्टिना

मेसीसँग ढुक्क छ अर्जेन्टिना

‘ला मासिया’ जालान् थियागो ?

‘ला मासिया’ जालान् थियागो ?

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै

एसियाड तयारीलाई बक्सिङ टोली भारत जाँदै