काठमाडौं । छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग अन्तर्गत पुरुषतर्फ गण्डकी प्रदेशले जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार भएको आफ्नो अन्तिम खेलमा गण्डकीले गल्कोट स्पोर्ट्स क्लबलाई ३-१ को सेत्म्मा हराएको हो ।
गण्डकीले गल्कोटमाथि २५-२३,२३-२५,२५-२० र २५-१५ को सेटमा जित निकालेको हो।
पुरुषतर्फ नै अहिले नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
यस्तै आज महिलातर्फको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
त्यस्तै पुरुषतर्फको अन्तिम खेलमा त्रिभुवन आर्मी क्लब र हेल्प नेपालबीच प्रतिस्पर्धा हुनेछ । यस खेल दिउँसो २ बजे सुरु हुनेछ ।
आर्मी र हेल्प नेपालबीचको खेलले उपाधि विजेताको तय हुनेछ ।
विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।
सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही ३५/३५ हजार पाउँदा व्यक्तिगत विधा तर्फ उत्कष्ट सेटर, ब्लकर सर्भर, स्पाईकर, लिवेरो र प्रशिक्षकले जनही १५/१५ हजार प्राप्त गर्नेछन् ।