काठमाडौं । इन्टरनेसनल फेडरेसन अफ कराते एसोसिएसन नेपालको आयोजनामा प्रथम इन्डो–नेपाल आईएफके क्योकुसिन कराते प्रतियोगिता शनिबार हुने भएको छ ।
कलंकीस्थित नेसनल बिजनस ट्रेड सेन्टरमा हुने प्रतियोगितामा नेपाल र भारतबाट समान १८ खेलाडी सहभागी हुने छन् ।
आयोजककी अध्यक्ष संघीय सांसद् अमृता थापाका अनुसार ९ स्पर्धामा भिडन्त हुने छ । एकदिने प्रतियोगितामा एक स्पर्धामा दुई खेलाडीबीच मात्र खेल हुनेछ ।