काठमाडौं । नेपाल पुलिस क्लबले छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा महिलातर्फ लगातार दोस्रो जित निकालेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार एभरेस्ट भलिबल क्लबलाई ३-० को सेटमा हराउँदै पुलिसले दोस्रो जित निकालेको हो ।
पुलिसले एभरेस्टमाथि २५-१८,२५-१९ र २५-१४ को सेटमा जित निकाल्यो ।
जितसँगै पुलिसले २ खेलमा ६ अंक जोडेको छ ।
पुलिस शीर्ष स्थानमा रहेको छ ।
महिलाकै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३-० को सेटमा हराएको छ ।
आर्मीले न्यु डायमण्डमाथि २५-१६, २५-१२ र २५-१२ ले हराएको हो ।
पुरुषतर्फ आज हुने पहिलो खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा हेल्प नेपाल र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल २ बजे सुरु हुनेछ ।
पुरुषको तेस्रो खेलमा त्रिभुवन आर्मी क्लब र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल ४ बजे सुरु हुनेछ।
लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ ।
विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।