काठमाडौं । त्रिभुवन आर्मी क्लबले छैटौं संस्करणको आरबीबी-एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा महिलातर्फ विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार एभरेस्ट भलिबल क्लबलाई ३-० को सोझो सेटमा हराउँदै आर्मीले सुखद सुरुआत गरेको हो ।
आर्मीले एभरेस्टमाथि २५-१९, २५-७ र २५-१८ को सेटमा जित निकालेको हो ।
जितसँगै आर्मीले ३ अंक जोडेको छ ।
महिलातर्फकै दोस्रो खेलमा एपीएफ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल १० बजे सुरु हुनेछ ।
यस्तै पुरुषतर्फ पहिलो खेलमा हेल्प नेपाल र ढोरपाटन स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल अपरान्ह १२ बजे सुरु हुनेछ ।
दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस खेल २ बजे सुरु हुनेछ ।
पुरुषको तेस्रो खेलमा एपीएफ क्लब र गल्कोट स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । यस खेल ४ बजे सुरु हुनेछ ।
लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ ।
पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ ।
महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ ।
विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।