शुक्रबार, ०४ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्पोर्टस अवार्ड : सुप आईकन विधाको मनोनयन सार्वजनिक

बिहिबार, २४ चैत्र २०७८खेलपाटी संवाददाता
स्पोर्टस अवार्ड : सुप आईकन विधाको मनोनयन सार्वजनिक
Loading ad...
mustang rice ad

धनगढी ।  धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ अन्तर्गतका थप दुई विधाको मनोनयन सार्वजनिक भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने तेस्रो एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्डको सुदूरपश्चिम आईकन पुरुष र महिला विधाको मनोनयन सार्वजनिक भएको हो ।

सुदुरपश्चिम आईकन पुरुषको मनोनयनमा फुटबलका कुवेर सिंह, क्रिकेटका अर्जुन साउँद र भारात्तोलनका अशोक भण्डारी मनोनयनमा परेका छन् । त्यस्तै सुदुरपश्चिम आईकन महिला तर्फ क्रिकेटकी कविता कुँवर, बक्सिङकी स्वस्तिका तिरुवा र तेक्वान्दोकी गीता कठायत मनोनयनमा परेका छन् ।

कुवेर सिंहको कप्तानीमा कैलालीको स्टार सिटी प्रिसेडेन्ट च्याम्पीयन बनेको थियो । त्यस्तै उनकै कप्तानीमा बाजुराको रानीवन क्लब सि क्वालिफाई भएको थियो । उनकै नेर्ततवमा रहेको विजय स्पोर्टस क्लब जिल्ला च्याम्पीयन बनेको थियो।

अर्जुन साउँदले डेब्यु गर्दै प्रधानमन्त्री कपमा पहिलो शतक हानेका थिए । उनले एसीसी अण्डर १९ क्रिकेट प्रतियोगितामा श्रीलंका विरुद्ध अर्धशतक बनाएका थिए । अशोक भण्डारीले २४ औं राष्ट्रिय भारात्तोलन प्रतियोगितामा सुदुरपश्चिमलाई स्वर्ण जिताएका छन् । उनी सोही प्रतियोगितामा उदयमान र सम्भाव्य खेलाडीको उपाधि जितेका थिए । त्यस्तै राजविराजमा भएकोमा भारात्तोलन प्रतियोगितामा पनि स्वर्ण जितेका थिए ।

क्रिकेटर कविता कुँवरले आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा सहभागी हुँदै नेपाली टोलीबाट डेम्बु गरेकीछिन् । प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगितामा ४ खेलमा ७ विकेट र ४० रनको योगदान दिएकी थिईन् । ललितपुर मेयर कपमा सुदूरपश्चिम उपविजेता हुँदा ५ खेलमा ४० रन र बनाउँदै उत्कृष्ट बलिङ गरेकी थिईन् ।

स्वसित्मा तिरुवाले युएईमा सञ्चालन भएको जुनियर तथा युथ ब्वाइज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपाललाई कास्य पदक दिलाएकीछिन् । उनले पहिलो अन्तराष्ट्रिय प्रतियोगितामै पदक जितेकी हुन् । जोर्डनमा आयोजित बक्सिङ प्रतियोगितामा उनले तीन चरण पार गरेकी थिईन् ।

त्यस्तै तेक्वान्दोकी गीता कडायतले हालै काठमाण्डौंमा भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेकी छिन् । उनले काठमाण्डौंमा भएको मेयर कपमा रजत पदक जितेकी थिईन् ।

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड’ को तेस्रो संस्करणको मुख्य प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ । प्रबद्र्धकमा धनगढी उपमहानगरपालिका र राष्ट्रिय खेलकुद परिषद रहेका छन् । त्यस्तै बर्षको पुरुष खेलाडी विधालाई काठमाण्डौंको मास ह्युम रिर्सोस र बर्ष महिला खेलाडी विधालाई वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । बर्ष युवा खेलाडीलाई निर्ग अस्पताल बर्ष प्रशिक्षकलाई सारथी अस्पताल, सुदुरपश्चिम आईकन पुरुष विधालाई माया मेट्रो हस्पिटल,  सुदुरपश्चिम आईकन महिला विधालाई मेरो रेडिमेड उद्योगले प्रायोजन गरेको छ । त्यस्तैगरी स्पेशल अवार्डलाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले प्रायोजन गरेको छ । अवार्डको सह–प्रायोजकमा केल्मी र नवजीवन को–अपरेटिभ्स रहेको छ ।

विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तिव्र रुपमा भईरहेको छ । उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल भएका खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड दिइने छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Loading ad...
LiNing Ad
स्पोर्टस अवार्ड : सुप आईकन महिला र पुरुष विधाको मनोनयन सार्वजनिक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

 फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

फिडे महिला क्यान्डिडेट्समा वैशालीको इतिहास

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

मच्छिन्द्र इटहरी गोल्डकपको सेमिफाइनलबाटै बाहिरियो

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

लालीगुराँस, घनपोखरा ब्ल्यु, खसुर र अरुण मेमोरियल सेमिफाइनलमा

इतिहास रच्ने लक्ष्यमा सम्राट

इतिहास रच्ने लक्ष्यमा सम्राट

अपराजित रहँदै आर्मी च्याम्पियन

अपराजित रहँदै आर्मी च्याम्पियन

इलाम गोल्डकपको ट्रफी अनावरण

इलाम गोल्डकपको ट्रफी अनावरण

बाह्रखरी गल्फ १९ गते

बाह्रखरी गल्फ १९ गते

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

पाँचौँ मनुश्री–भिग्नजित जुनियर टेनिस शनिबारदेखि

बास्केटबल र फुटसल हुने

बास्केटबल र फुटसल हुने