काठमाडौं । सञ्जय मेमोरियल राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ । पाल्पाको रानीमहलको काखमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले बताएको छ ।
चैत्र २४, बिहिबारबाट सुरु हुने प्रतियोगितामा सात प्रदेश र दुई विभागीय टिम नेपाल पुलिस र एपीएफ क्लबको सहभागिता रहने छ । प्राविधिक कारणले विभागीय टिम आर्मीको भने सहभागिता हुने छैन ।
प्रतियोगिताका लागि रानीमहल परिसरमा कोर्ट तयार भएको छ । यस्तै प्रतियोगिताका लागि खेलाडीहरू पाल्पा आउनेक्रम समेत सुरु भएको आयोजकले जानकारी गराएको छ ।
विजेताले १ लाख तथा उपविजताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उत्कृष्ट खेलाडीले ३५ हजार पाउनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा हुनेछ ।
यस्तै सम्पूर्ण खेलाडीका लागि २ लाखबराबरको बिमा समेत गरिएको आयोजकले जानकारी दिएको छ ।