पोखरा । कास्कीको माछापुच्छे गाउँपालिकाको पातिखोलामा पालिका स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।
तेस्रो पातिखोला महोत्सब तथा विविध सांकृतिक कार्यक्रम सगैं पुरुष भलिबल,खुल्ला छेलो तथा रस्साकस्सी प्रतियोगिता हुने भएको आइतबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो ।
प्रतियोगिता चैत्र २५ गते बाट २७ गते सम्म आयोजना हुनेछ ।
नेपालको राष्ट्रिय खेल भलिबल भएको र खेलाडिलाई ग्रामिण स्तरबाट परिपक्व बनाउँदै लैजाने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक यामबहादुर गुरुङले जनाकारी दिए ।
प्रतियोगिताको बिजेता टिमले १ लाख ११हजार १ सय ११ , दोस्रो हुनेले ५५ हजार ५ सय ५५ पाप्त गर्ने छ । उत्कृष्ट खेलाडी पुरस्कार १० हजार , बेष्ट स्पाइकर ५ हजार , बेष्ट बल्कर ५ हजार , बेष्ट सेटर ५ हजार ,बेष्ट डिफेन्स ५ हजार र बेष्ट सेभर ५ हजार रहेको छ ।
त्यस्तै छेलो प्रतियोगिताको बिजेताले ११ हजार १ सय ११ , दोस्रोले ६ हजार ६सय ६६ रुपैया पाप्त गर्ने छ ।
रस्साकस्सी प्रतियोगिताको बिजेताले २२ हजार २ सय २२ , दोस्रो हुनेले ११ हजार १ सय ११ रुपैया प्राप्त गर्ने संयोजक गुरुङले बताए ।