हेटौडा । मेन्स रुम रिलोडेड (एमआरआर) फुटसल प्रतियोगिताको उपाधि काठमाडौं 'बी' ले जितेको छ ।
हेटौडामा भएको प्रतियोगिताको फाइनलमा धरानलाई २-० गोल अन्तरले हराउँदै काठमाडौं 'बी' ले उपाधि जितेको हो।
काठमाडौं 'बी' लाई जित दिलाउन अमृत मुदबारीले दुबै गोल गरे ।
सामाजिक सञ्जाल फेसबुकको समूह एमआरआरले तेस्रो संस्करणको प्रतियोगिता हेटौडामा गरेको हो ।
भानु माबिको फुटसलमा आयोजना हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहेको थियो ।
देश भर रहेका समूहका सदस्यहरुबीच भाईचारा स्थापना गर्ने उदेश्यले प्रतियोगिता आयोजना गरिएको एमआरआरले जनाएको छ ।
यस अघि पहिलो संस्करणको प्रतियोगिता पोखरा र दोस्रो संस्करण चितवनमा भएको थियो ।