काठमाडौं । नेपाल गोजुरियो संघको आयोजनामा जारी नवौँ राष्ट्रिय गोजुरियो कराँते च्याम्पियनसिपको पहिलो दिन सम्पन्न क्याडेट काताको गर्ल्सतर्फ सुविधा गौतम पहिलो तथा लक्ष्मी श्री दोस्रो भए ।
सो स्पर्धामामा अन्जना भण्डारी र खुसी कार्की तेस्रो भए । ब्वाइजतर्फ उमंग पाण्डे पहिलो तथा दिपसन सापकोटा दोस्रो भए । प्रिन्स दाहाल र धन रत्न बमजन तेस्रो भए ।
यसै गरी, ८ देखि ९ वर्षको व्वाइज स्पर्धामा कपिल सालु पहिलो, सम्भव गुरुङ दोस्रो तथा निसान सालु र रोहित विक तेस्रो भए । गर्ल्सतर्फ प्रिन्सा अर्याल पहिलो तथा सुस्मीता डोङ दोस्रो भए । रेस्मा सोनी र दिपसना गुरुङ तेस्रो भए ।
ब्वाइजको १० देखि ११ वर्ष उमेर समूहमा सुदन साथी गोरे पहिलो लभसन कार्की दोस्रो तथा गगन तामाङ र प्रभु रिजाल तेस्रो भए ।
दुई दिने प्रतियोगितामा देशभरिका २ सय ५० भन्दा बढी खेलाडीको सहभागिता थियो ।
प्रतियोगिताको शुक्रवार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइरालाले उद्घघाटन गरे ।