शनिबार, ०९ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. कराते
Loading ad...
Bhat Bhateni Supermarket Ad

अस्मिता र स्वस्तिका पहिलो

शुक्रबार, १८ चैत्र २०७८खेलपाटी संवाददाता
अस्मिता र स्वस्तिका पहिलो
Loading ad...
mustang rice ad

काठमाडौं । भक्तपुरकी अस्मिता दुवाल र रामेछापकी स्वस्तिका तिरुवाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो स्थान हात पारेका छन् ।

भक्तपुरको सानोठिमीमा शुक्रबार भएको  महिला ५१ केजी तौल समूहको फाइनलमा अस्मिताले रोपिना रञ्जितकारलाई पराजित गरिन् ।

यसैगरी महिला ५७ केजी तौल समूहमा स्वस्तिकाले धादिङकी रितिका श्रेष्ठलाई पराजित गर्दै काठमाडौंमा हुने राष्ट्रिय प्रतियोगिताका लागि छनोट भइन् ।

महिलाकै ६० केजी तौल समूहमा धादिङकी शशिकला राईले रामेछापकी प्रसुना खत्रीलाई पराजित गर्दै पहिलो स्थान हात पारिन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ५७ केजीमा रामेछापका करण लोहारले फाइनलमा स्थान बनाए ।

सेमिफाइनल भिडन्तमा उनले धादिङका सुलभ डंगोललाई पराजित गरे । यही तौल समूहमा काठमाडौंका मार्सल गुरुङले पनि फाइनलमा स्थान बनाए । उनले नुवाकोटका आङपेम्वा शेर्पालाई पराजित गर्दै करणसँगको उपाधि भिडन्त पक्का गरे ।

पुरुष ७५ केजीमा काठमाडौंका अतुल्य भण्डारीले रसुवाका साहिल राईलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरे।

गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत नै प्रदेश १ को छनोट प्रतियोगितामा उदयपुरका नारायण भुजेल र झापाका धमेन्द्र राईले फाइनलमा स्थान बनाएका छन् ।

शुक्रबार भएको पुरुष ५२ केजी तौल समूहमा सुनसरीका पुनम राई र धमेन्द्रले सुनसरीकै सागर यादवलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरे ।

पुरुषकै ५७ केजीमा झापाका भुगल लिम्बू र सिंहवीर लिम्बूले फाइनलमा स्थान बनाए । भुगलले झापाका सुरेन्द्र राई र सिंहवीरले उदयपुरका वसन्त राईलाई पराजित गरे । यसैगरी ६३ केजीमा झापाका टोविन प्रधानले सुनसरीका भुमिक थापा र उदयपुरका रोशन मगरले झापाका सुजन राईलाई पराजित गर्दै अन्तिम दुई स्थान पक्का गरे ।

यसैगरी महिलाको ५२ केजीमा सुनसरीकी कृतिका राई र झापाकी सुस्मिता श्रेष्ठले फाइनलमा स्थान बनाए । कृतिकाले उदयपुरकी मुस्कान तुलाधर र सुस्मिताले झापाकी अनिषा कुमाललाई पराजित गरे ।

महिलाकै ५७ केजीमा झापाकी सुस्मिता राईले झापाकै सुस्मिता लिम्बूलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरिन् ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा २०७९ बैशाख ६ देखि १० गतेसम्म काठमाडौंको बसन्तपुर डबलीमा हुने प्रतियोगितामा पुरुषतर्फ सात र महिलामा पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा पुरुषतर्फ ४८, ५२, ५७, ६३, ६९, ७५ र ८१ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यसैगरी महिलातर्फ ४८, ५४, ५७, ६४, ६९ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका खेलाडीहरूबीच प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय प्रतियोगितामा हरेक तौल समूहमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीले आकर्षक नगद पुरस्कार प्राप्त गर्ने छन् भने उत्कृष्ट महिला र पुरुष खेलाडीले स्कुटर र मोटरसाइकल पाउने छन् ।

Loading ad...
LiNing Ad
अस्मिता र स्वस्तिका पहिलो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

राखेपले भन्यो– चीन जाँदा एरिकालाई सहयोग नगरेकै हो !

फेरि एरिका फाइनलमा पराजित

फेरि एरिका फाइनलमा पराजित

एरिका प्रिमियर लिगको फाइनलमा

एरिका प्रिमियर लिगको फाइनलमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सन्देश प्रथम

सन्देश प्रथम

रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?

रोनाल्डोको सन्न्यासपछि के होला पोर्चुगलको फुटबल ?

 पिर्लो बन्ने भए इटालीका प्रशिक्षक

पिर्लो बन्ने भए इटालीका प्रशिक्षक

चिलीको क्लबमा भोजिन्हा

चिलीको क्लबमा भोजिन्हा

नेपालको लज्जास्पद हार

नेपालको लज्जास्पद हार

डे जोङ केही सातासम्म मैदानबाहिर रहने

डे जोङ केही सातासम्म मैदानबाहिर रहने

 जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

जर्मनीको राष्ट्रिय टोलीको जिम्मेवारी क्लोपलाई

 स्पेनका दुई खेल अनुसन्धानको घेरामा

स्पेनका दुई खेल अनुसन्धानको घेरामा