काठमाडौं । पहिलो संस्करणको कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितालाई खेलकुद सामग्री उत्पादक कम्पनि लि-निङ र कोरियन फास्ट फुड कम्पनि सान सोजुले प्रायोजन गरेको छ ।
आयोजकले शुक्रबार लि-निङ र सान सोजुसँग सह-प्रायोजन सम्झौतामा हस्ताक्षर गरेको छ ।
प्रतियोगिताका संयोजक रवि महर्जन र लि-निङका प्रमुख कार्यकारी अधिकृत राजन महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे । यस्तै रवि र सोजुका शिरिष अर्यालबीच सम्झौता पत्रमा हस्ताक्षर भयो ।
सम्झौतासँगै लि-निङले प्रतियोगिताका लागि ३ लाख ४५ हजार नगद र खेल सामग्रीसहित ५ लाख बराबरको सहयोग उपलब्ध गराउने छन् ।
त्यस्तै सोजुले नगद ३ लाख उपलब्ध गराउने छ ।
नेपाल कराते महासंघको तत्वावधान तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र जिल्ला प्रमुख डोजो ललितपुरको आयोजनामा हुने प्रतियोगिता चैत २४ देखि २६ गतेसम्म हुनेछ ।
प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफ) गरी १० टिमको सहभागिता रहने छ ।
महिलामा १० तौल समूह ४५,५०,५५,६१,६८ केजी तौल मुनि र ६८ तौल माथिको एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
पुरुषमा ५०,५५,६०,,६७,७५,८४ केजी तौल मुनि र ८४ केजी माथि एकल काता र टिम कातामा प्रतिस्पर्धा हुनेछ ।
एकल र टिम कातासहित पुरुषमा ११ तथा महिलामा १० गरी २१ स्पर्धामा प्रतिस्पर्धा हुने छ । पुरुषमा १ सय १० र महिलामा १ सय गरी २ सय १० खेलाडीको सहभागिता रहने छ ।
टिम च्याम्पियनलाई १ लाख नगद पुरस्कार दिइने छ । उपविजेता टिमले ५० हजार पाउने छन् ।
उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई १५-१५ हजारबाट पुरस्कृत गरिने आयोजकले जनाएको छ ।
यसै प्रतियोगिताबाट प्रत्येक तौलसमूहबाट ४ खेलाडी छनोट गरेर राष्ट्रिय टिमको तयारी गरिने आयोजकले जनाएको छ ।
प्रतियोगिताका खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा हुनेछ ।