काठमाडौं । आठौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भारतको हरियाणा स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा आइतबार हरियाणाले न्यू डायमण्ड एकेडेमीलाई र पुलिस क्लबले अर्को विभागिय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै फाइनलको भेट पक्का गरेका हुन् ।
प्रतिस्पर्धात्मक पहिलो सेमिफाइनलमा हरियाणाले न्यू डायमण्डलाई २५–१७, २५–१५, २३–२५ र २५–१६ ले हराएको थियो । न्यू डायमण्डकी प्रतिभा माली प्लेयर अफ दी म्याच घोषित भएकी थिइन् ।
दोस्रो सेमिफाइनलमा आर्मीले पुलिसलाई २५–१८, २५–२३, र २८–२६ ले हराएको थियो । पुलिसकी कामना विष्ट प्लेयर अफ दी म्याच घोषित भइन् ।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।