बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
  4. /
  5. आर्मी र हरियाणा सेमिफाइनलमा

आर्मी र हरियाणा सेमिफाइनलमा

२०२२ मार्च २६, शनिबारखेलपाटी संवाददाता

आर्मी र हरियाणा सेमिफाइनलमा

नेपालगन्ज । विभागीय टोली त्रिभुवन आर्मी क्लब र भारतको हरियाणा स्पोर्ट्स क्लब आठौं प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आर्मी र हरियाणा समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिबार हरियाणा स्पोर्ट्स क्लबले लुम्बिनी युनाइटेडलाई २५-१५, २५-७ र १५-१३ को सोझो सेटमा पराजित गरेको हो ।

खेलमा हरियाणाकी निर्मल प्लेयर अफ द म्याच घोषित भइन् । निर्मल नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद(साग)मा भारतीय राष्ट्रिय भलिबल टिमकी कप्तान थिइन् ।

हरियाणा पुल ए विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । सेमिफाइनलमा हरियाणाले न्यु डायमन्ड एकेडेमीसँग खेल्नेछ ।

त्यसैगरी दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले भारतीय टिम एकलव्य स्पोर्ट्स कम्प्लेक्सलाई २५–१२, २५–१२ र १५–१२ ले हरायो । उक्त खेलमा त्रिभुवन आर्मीकी संगम महतो प्लेयर अफ द म्याच भइन् ।

आर्मी पनि पुल बी तर्फ विजेताको हैसियतमा पुल ए को उपविजेता नेपाल पुलिससँग खेल्नेछ ।

आइतबार हुने पहिलो सेमिफाइनलमा हरियाणा र न्यु डायमन्ड तथा दोस्रो सेमिफाइनलमा आर्मी र नेपाल पुलिस क्लबबीच हुनेछ ।  

प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।  

आर्मी र हरियाणा सेमिफाइनलमा
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

Bhat Bhateni
एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब

नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा