इलाम । टाइम्स क्लब काठमाडौंले छैटौं हराईजन राष्ट्रिय बास्केटबलको उपाधि जितेको छ ।
धरानमा शुक्रबार भएको फाइनलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी माथी ८१–७८ को जित दर्ता गर्दै टाइम्सले उपाधि जितेको हो ।
उपाधिसंगै टाइम्सले नगद १ लाख ११ हजार प्राप्त गर्दा उपविजेता आर्मी क्लबले ५५ हजार प्राप्त गरेको छ ।
फाइनल खेलको म्यान अफ द म्याच आर्मीका बिनोद महर्जन भए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी टाइम्सका सदिश प्रधान घोषित भए । उनी राष्टिय टिमका क्याप्टेन समेत हुन । उनले नगद ११ हजार रुपैया पुरस्कार पाए ।
यस्तै उदयमान खेलाडी ब्रदर्श क्लब धरानका कबिन मगर भए । उनले नगद ५ हजार पुरस्कार पाए ।
चैत्र ५ गतेदेखी भएको प्रतियोगितामा देशभरका ८ वटा टिमको सहभागिता रहेको थियो ।