नेपालगन्ज । न्यु डायमन्ड एकेडेमी र भारतीय टिम हरियाणा स्पोर्ट्स क्लबले आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा जित निकालेका छन् ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शुक्रबार हरियाणाले नेपाल पुलिस क्लबलाई ३-२ सेटले पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक खेलमा हरियाणाले १७–२५, १९–२५, २५–१८, २५–१६ र १५–१३ अंकले हरायो । पुलिसकी कोपिला राना प्लेयर अफ द म्याच घोषित भइन् ।
त्यसैगरी दोस्रो खेलमा न्यु डायमन्ड एकेडेमीले भारतीय टिम एकलब्य स्पोर्ट् कम्प्लेक्स(छत्तीसगढ)लाई ३–० सेटले पराजित गरेको हो । पुलिसले २५–१२, २५–८, र २५–५ ले पराजित गरेको हो । न्यु डायमन्ड एकेडेमीकी रीमा कुवँर प्लेयर अफ द म्याच घोषित भइन् ।
प्रतियोगिताको तेस्रो दिन शनिवार लिग चरणको अन्तिम खेल लुम्बिनी युनाइडेड विरुद्ध हरियाणा स्पोर्ट्स क्लब तथा त्रिभुवन आर्मी क्लब विरुद्ध एकलब्य स्पोर्ट्स कम्प्लेक्सले खेल्नेछ ।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।