काठमाडौं । नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगितामा विजयी सुरुआत गरेका छन् ।
नेपालगन्ज रंगशालास्थित कभर्डहलमा भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले लुम्बिनी युनाइटेडलाई ३–० सेटले पराजित गर्यो । पुलिसले २५–१४, २५–१३, र २५–९ ले पराजित गरेको हो । पुलिसकी मनिषा चौधरी प्लेयर अफ द म्याच घोषित भइन्
त्यस्तै दोस्रो खेलमा आर्मी क्लबे न्यु डायमन्ड एकेडेमीलाई ३–१ सेटले हरायो । आर्मीले २५–१५, २७–२९,२५–१७ र २५–२२ ले हराउन सफल भयो । त्यसमा आर्मीकी साफिया पुन प्लेयर अफ द म्याच घोषित भइन् ।
यसअघि युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले पिएम कप आठौं संस्करणको उद्घाटन गरेका थिए ।
लिग कम नकआउट प्रणालीमा खेलाइएको प्रतियोगिताको दोस्रो दिन पहिलो खेल नेपाल पुलिस क्लब विरुद्ध हरियाणा स्पोर्ट्स क्लब(भारत) तथा दोस्रो खेल न्यु डायमन्ड एकेडेमी विरुद्ध एकलव्य खेलकुद परिसर(छत्तीसगढ भारत)को हुनेछ ।
प्रतियोगिताको विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार, तेस्रो टिमले एक लाख र चौथो हुने टोलीले ५० हजार नगद, पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् ।