काठमाडौं । प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत करातेमा काठमाडौं टिम च्याम्पियन बनेको छ ।
काठमाडौंले ७ स्वर्ण, १ रजत र २ कांस्य जित्यो । दोश्रो भएको रामेछापले २ स्वर्ण, ४ रजत र ३ कांस्य हासिल गर्यो । २ स्वर्ण र २ रजतमा नुवाकोटले तेश्रो स्थानमा चित्त बुझायो ।
सत्र स्वर्णका लागि भएको प्रतिस्पर्धामा काभ्रेले २ तथा चितवन, मकवानपुर, धादिङ र ललितपुरले १–१ स्वर्ण हात पारेको प्राविधिक संयोजक विसन मोतेले जनाएका छन् ।
बक्सिङ्ग शुरु :
खेलकुदअन्तर्गत बक्सिङ प्रतियोगिताको उदघाटन नेपाल ओलम्पिक कमिटिका सह महासचिव पिताम्बर तिम्सिनाले गरे । उदघाटन कार्यक्रममा बोल्दै तिमिल्सिनाले बागमती प्रदेश खेलकुद परिषदले नमुना प्रदेशको रुपमा कार्य गदै आएकोमा बधाई ज्ञापन गनु भएको थियो र खेलाडीहरुलाई सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो । उदघाटन समारोहमा विशिष्ट अतिथि नेपाल बक्सिंग संघका अध्यक्ष श्री राम अवालेले सम्पुर्ण खेलाडीहरुलाई अनुशासित रुपमा खेल खेल्न र रेफ्री जजहरुलाई निश्पक्ष रुपमा खेल खेलाउन आग्रह गर्दै सम्पुर्ण अभिभावकहरुलाई आप्mना छोरा छोरीहरुलाई खेलमा लगाउन आग्रह गर्नुभएको थियो । प्रदेश सदस्य सचिव सूर्यलाल भण्डारीले आफु खेलाडी भएको समयमा भन्दा अहिलेको समयमा खेलाडीहरु सुरक्षित भएको र प्रदेश खेलकुद परिषद्ले खेलाडीहरुको खेलको समयमा मृत्यु भएमा ३० लाखसम्मको जीवन विमा गरिएको खेलाडीहरुको पक्षमा महत्वपुर्ण कार्य गर्न प्रदेश सक्षम रहेको जिकिर गनुभएको थियो । यो सफलताको पछाडी बागमती प्रदेश खेलकुदमन्त्री ढकालको महत्वपूर्ण योगदान रहेको जानकारी गराउनु भयो । नेपाल बक्सिंग संघका केन्द्रिय सदस्य मानबहादुर भण्डारीको सभापतित्वमा शुरु भएको कार्यक्रममा स्वागत मन्तव्यमा प्रदेश बोर्ड सदस्य धनकुमार मैनालीले खेलकुद मन्त्री रत्नप्रसाद ढकाल र सदस्य–सचिव सूर्यलाल भण्डारीको कामको राम्रो समन्यव भएकोले बागमती प्रदेशले अन्य प्रदेशभन्दा राम्रो कामगर्न सफल रहेको जानकारी गराउनु भयो ।
आज शुरु भएको पुरुष ६० किलो तौल समुहमा ललितपुरका निशान दासले सिन्धुलीका गर्ज बहादुर सुनारलाई एबिडीको आधारमा पराजित गरे । सोहि तौल समुहमा मकवानपुरका अनिश पुलामीले काभ्रेका भक्तबहादुर क्रिग्रिंन मगरलाई पराजित गरे । ६० किलो तौलसमुहमै रामेछापका सुरेशकुमार भण्डारीले दोलखाका अनिस घिसिंगलाई पराजित गरे ।
कार्यक्रममा नेपाल बक्सिंग संघका उपाध्यक्षश्री नरेन्द्र पोमो, नेपाल बक्सिंग संघका केन्द्रिय सदस्य पुष्करराज पन्त, प्रमुख प्रशिक्षक प्रकाश थापा मगर, काभ्रे जिल्ला प्रशासन प्रमुखलगायत सम्पूर्ण सुरक्षा निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो । प्रतियोगितामा १३ जिल्लाका ८६ पुरुष र २८ महिला खेलाडीहरुको सहभागिता रहेको छ ।
फुटबल :
सिन्धुली र मकवानपुर प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत महिला फुटबल बुधबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
धुलिखेलमा भएको खेलमा सिन्धुलीले सिन्धुपाल्चोकलाई २–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि दुवै गोल सिजन क्याप्छाकीले गरिन् । सिन्धुपाल्चोककी कप्तान रुबिना पहरीले सान्त्वना गोल गरिन् ।
मकवानपुरले रामेछापलाई ५–० गोलअन्तरले सहजै हरायो । सम्जिता बोम्जन र कप्तान पूजा लामाले समान २ गोल गरे । लक्ष्मी गोलेले १ गोल थपिन् ।