शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

तीन सुपर फ्लप !

बुधबार, ०९ चैत्र २०७८खेलपाटी संवाददाता
तीन सुपर फ्लप !
mustang rice ad

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको तेस्रो त्रिकोणात्मक एकदिवसीय सिरिज युएईमा खेल्यो । सिरिजमा कुल ४ खेल्दा नेपालले दुई जित र दुई हार व्यहोर्यो ।

नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध दुबै खेल जित निकाल्यो भने घरेलु टोली यूएईसँग दुबै खेलमा हार व्यहोर्यो ।  

तर, सिरिजमा नेपालको ब्याटिङ प्रदर्शन औषत भन्दा कम रह्यो । यूएईको मैदानमा नेपालका ब्याटर चल्न सकेनन् । अन्तिम खेलमा बाहेक ब्याटिङमा संघर्ष गरेको नेपालले यूएईविरुद्ध लजास्पद हार व्यहोर्न बाध्य भएको थियो ।

पुरै सिरिजभर नेपालका ४ खेलाडीले मात्र ५० रन कटाउन सफल रहे । नेपालका मुख्य ब्याटरहरु क्रिजमा टिक्न समेत सकेनन् ।

यूएईमा फ्लप देखिएका नेपालका ३ ब्याटरहरु -

 १. दिपेन्द्र सिंह ऐरी

May be an image of 2 people, people playing sport and text

दिपेन्द्र सिंह ऐरी नेपाली ब्याटिङका मुख्य खम्बा जस्तै हुन् । यूएई सिरिज अघिसम्म उनको ब्याटबाट निस्केको रनले त्यसै भन्थ्यो । तर, उनै दिपेन्द्र यूएईमा सर्वाधिक फ्लप देखिए । उनको ब्याटबाट ठुलो आशा राखेको नेपालको स्कोर निराशाजनक निस्कियो । उनले सिरिजमा रन बनाउन मात्र सकेनन् उनी मैदानमा टिक्न समेत सकेनन् ।

दुई खेलमा त उनी डक आउट नै भए । यूएई भ्रमणअघि श्रीलंकामा भएको अभ्यास खेलमा उनी लयमा देखिएका थिए । तर, युएईमा उनी चल्न सकेनन् । दिपेन्द्रले यूएईमा ४ वटै खेल खेल्दा मात्र १२ रन बनाए ।

सिरिजमा नेपालको लागि सबै खेल खेलेर सबैभन्दा कम रन बनाए दिपेन्द्रले । उनले ४ खेलमा मात्र ३३ बलको सामना गर्न सके । पहिलो खेलमा पीएनजीविरुद्ध ८ रन बनाएका दिपेन्द्र यूएईविरुद्ध पहिलो खेलमा ४ रन मात्र बनाउन सके । पछिल्ला २ खेलमा उनी खाता नखोल्दै आउट भए ।

२. आसिफ शेख

May be an image of 3 people, people playing sport and text

पछिल्लो एक वर्षबाट ओपनिङ ब्याटिङमा आशा देखाएका एक खेलाडी हुन् आसिफ शेख । लामो समयबाट समस्याको रुपमा रहेको नेपालको ओपनिङमा आसिफले केहि हद समाधान गर्दै आएका थिए ।

एकदिवसीय अन्तराष्ट्रियमा अर्धशतक समेत बनाइसकेका आसिफले नेपालको लागि ओपनिङमा राम्रो सुरुवात गर्ने आशा गरिएको थियो । तर, यूएई सिरिजमा उनको ब्याट चल्न सकेन । उनले नेपालको ओपनिङ ब्याटरको रुपमा ३ खेलमा मात्र २५ रन बनाउन सके । उनले मात्र ६० बल टिक्न सके ।

पहिलो खेलमा पीएनजीविरुद्ध १६ रन बनाउँदा यूएईविरुद्ध पहिलो खेलमा ७ रन बनाए । तेस्रो खेलमा बेञ्चमा आराम गरेका उनी अन्तिम खेलमा २ रन बनाउँदै पेभिलियन फर्किए ।

३. कुशल भुर्तेल

May be an image of 2 people, people standing, people playing sport and text

ओपनरको रुपमा स्थापित हुँदै गर्दा ओपनर कुशल भुर्तेल पनि यूएई सिरिजमा जम्न सकेनन् । विश्व कीर्तिमानी भुर्तेलबाट  पछिल्लो समय नेपालको ब्याटिङ पर्दै आएको थियो । लगातार रुपमा आक्रामक क्रिकेट खेल्दै आएका भुर्तेल यस सिरिजमा फ्लप भए ।

४ खेलमा उनले ६६ रन मात्र बनाउन सके । पहिलो ३ खेलमा मात्र १६ रन बनाएका भुर्तेलले अन्तिम खेलमा यूएईविरुद्ध ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए । ४ खेलमा भुर्तेलले ९३ बलको सामना गरे । ओपनर भुर्तेलले आसिफसँग राम्रो साझेदारी समेत बनाउन सकेनन् ।

LiNing Ad
Nepal Cricket

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस