काठमाडौं । इंग्ल्यान्डका ब्याट्सम्यान जासन रोयलाई २ अन्तराष्ट्रिय खेलको प्रतिबन्ध लागेको छ ।
इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डको अनुशासन समितिले जासनलाई २ खेलको प्रतिबन्ध गरेको हो । यस्तै उनलाई २ हजार ५ सय पाउण्ड जरिवाना गरिएको छ ।
३१ वर्षीय जासनले क्रिकेटको हितमा प्रतिकूल असर पार्ने तथा क्रिकेटको खेल, ईसीबी र आफैलाई बदनाम गर्ने कार्य गरेको आरोप लगाईएको छ । उनले त्यसलाई स्वीकार गरेको समेत बताईएको छ ।
इंग्ल्यान्डका लागि विश्वकप विजेता जासनले हालै अनिश्चितकालका लागि क्रिकेटबाट ब्रेक लिएका छन् ।
उनले आईपीएल नखेल्ने बताईसकेका छन् ।
यस्तै काउन्टी च्याम्पियनसिपका सुरुआती खेल गुमाउने छन् ।