शनिबार, २४ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पारस उत्कृष्ट दशक खेलाडी 

मंगलबार, ०८ चैत्र २०७८खेलपाटी संवाददाता
पारस उत्कृष्ट दशक खेलाडी 
mustang rice ad

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७७’ को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् । 

नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो ।   

अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे ।

सन् २०१० विश्व क्रिकेट लिग डिभिजन ५ विजेता बन्दा नेपालबाट पारसले सर्वाधिक २ सय ५० रन बनाउन सफल भएका थिए ।

२०११ मा नेपाललाई पहिलो पटक एसीसी टी–ट्वान्टी कपको सेमिफाइनलमा पु¥याउनु साथै विश्वकप छनोटमा पुर्याउन पारसले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले १ सय १ रन बनाउनु साथै ७ विकेट लिए । 

२०१२ मा नेपालले पहिलो पटक टी–ट्वान्टी विश्वकप छनोटमा सातौं स्थान हात पार्दा नेपालबाट सर्वाधिक २ सय ५४ रन बनाएका पारसले ७ विकेट समेत लिएका थिए ।

२०१२ मा विश्व क्रिकेट लिग डिभिजन ४ को नेपाल विजेता बन्दा पारसले ९ विकेट लिएका थिए । 

२०१३ मा नेपाल पहिलो पटक एसीसी टी–ट्वान्टी को फाइनलमा प्रवेश गर्दा नेपालबाट उनले सर्वाधिक २०७ रन बनाएका थिए ।

२०१३ मा विश्व क्रिकेट लिग डिभिजन ३ विजेता बन्दै नेपाल पहिलो पटक एकदिवसीय विश्वकप छनोटका लागि छनोट हुदा पारसले नेपालबाट सर्वाधिक १ सय ७६ रन बनाउनुका साथै ६ विकेट हात पारे । 

२०१३ मा विश्व टी–ट्वान्टी छनोटमा तेस्रो स्थान हात पार्दै नेपाललाई टी–ट्वान्टी विश्वकपमा पु¥याएका पारस नेपालका लागि दोस्रो सर्वाधिक २ सय ३२ रन बनाउनुका साथै ११ विकेट लिएका थिए ।

२०१४ मा नेपालले पहिलो पटक एकदिवसीय विश्वकप छनोट खेलेको थियो ।

२०१४ मा नेपाललाई पहिलो पटक टी–ट्वान्टी विश्वकपमा उतार्दै ३ खेलमा ८३ रन बनाएका पारसले नेपाललाई हङकङ र अफगानिस्तानमाथि ऐतिहासिक जित दिलाएका थिए । 

२०१५ मा नेपालाई विश्व क्रिकेट लिग डिभिजन २ मा चौथों स्थान दिलाउदै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा पु¥याएका पारस नेपालबाट दोस्रो सर्वाधिक १ सय ८५ रन बनाउदै प्लेयर अफ द सिरिज घोषित भए । 

२०१५–१७ विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाललाई सातौं स्थानमा उभ्याउदा पारसले नेपालबाट दोस्रो सर्वाधिक रन बनाउनेक्रममा ४ सय ८ रन बनाएका थिए । 

२०१८ मा नेपाललाई डिभिजन २ को फाइनलमा पु¥याउदै विश्वकप छनोटमा पु¥याएका पारसले फाइनलमा नटआउट १ सय १२ रन बनाउदै प्रतियोगितामा सर्वाधिक २४१ रन जोडेका थिए । 

पारस २०१८ मा विश्वकप छनोटमा नेपाललाई आठौं स्थान दिलाउदै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाउन सफल भएका थिए ।  

व्यक्तिगतरुपमा पारस नेपालबाट एकदिसीय तथा टी–ट्वान्टी अन्तर्राष्ट्रियमा पहिलो शतक बनाउने खेलाडी हुन ।
 

LiNing Ad
#Paras Khadka

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

नेपालको जितमा आशिफको अर्धशतक

नेपालको जितमा आशिफको अर्धशतक

Bajaj Pulsar Motorcycle Ad
दोस्रो खेलमा पुलिस पराजित

दोस्रो खेलमा पुलिस पराजित

लालीगुराँसको अपराजित यात्रा कायमै

लालीगुराँसको अपराजित यात्रा कायमै

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

शीर्षस्थानको मच्छिन्द्रको सहज जित

विश्वकपबाट बाहिरिए हेजलउड

विश्वकपबाट बाहिरिए हेजलउड

बलले लागेर बेन स्टोक्स घाइते

बलले लागेर बेन स्टोक्स घाइते

दोस्रो जितको खोजिमा पुलिस

दोस्रो जितको खोजिमा पुलिस

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

घोषणापत्रमा खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता दिन माग

चर्च ब्वाइजसँग पराजित भयो पुलिस

चर्च ब्वाइजसँग पराजित भयो पुलिस