इलाम । घरेलु टोली ब्रदर्श क्लब धरानलाई पराजित गर्दै काठमाडौंको रोयल्स क्लब छैटौं हराईजन राष्ट्रिय बास्केटबल कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
धरानस्थित हराईजन क्लबको कोर्टमा सोमबार भएको खेलमा धराने टोली ब्रदर्श क्लबलाई ७२–८० स्कोरले पराजित गर्दै रोयल्सले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।
खेलको म्यान अफ द म्याच रोयल्स बास्केटबल एकेडेमीका विकास गुरुङ बने । उनले खेलमा सर्वाधिक १८ स्कोर गर्न सफल भए ।
अब सेमिफाइनलमा रोयल्सले विभागीय टिम त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ ।
यस्तै मंगलबार हुने अन्तिम क्वाटरफाइनलमा टाइम्स क्लब र बिर्तामोड क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा देशभरका ८ वटा टिमको सहभागिता रहेको छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख ११ हजार रुपैया नगद पुरस्कार पाउनेछ भने उपबिजेताले ५५ हजार रुपैया पाउने आयोजकले जनाएको छ ।