बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. भलिबल
  4. /
  5. शान्ता माविलाई दोहोरो उपाधि

शान्ता माविलाई दोहोरो उपाधि

२०२२ मार्च २१, सोमबारनारायण क्षेत्री

शान्ता माविलाई दोहोरो उपाधि

पोखरा । शान्ता माविले सृजना कप सामुदायिक मावि छात्र तथा छात्रा भलिबल प्रतियोगिताको दोहोरो उपाधि जितेको छ । 

कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा सोमबार पोखरामा सम्पन्न प्रतियोगितामा शान्ता माविले छात्र तथा छात्रा दुबै तर्फको उपाधि जितेको हो ।

पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा भएको फाइनल भिडन्तमा छात्रतर्फ शान्ता माविले मेश्रम बराह मावि र छात्रातर्फ लक्ष्मी माविलाई सोझो सेटमा हराउँदै दुबै तर्फ नगद एक÷एक लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र हात पा¥यो । 

उपविजेतामा चित्त बुझाएको छात्रतर्फको मेश्रम वराह र छात्रातर्फको लक्ष्मी माविले नगद ५०÷५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

छात्रतर्फको फाइनल खेलमा शान्ता माविले मेश्रम वराह माविलाई २५–२१, २५–१६ र २७–२५ को सोझो सेटमा हरायो । 

छात्रातर्फको उपाधि भिडन्तमा शान्ता माविले लक्ष्मी माविलाई २५–२०, २५–८ र २५–१० को सोझो सेटमा हरायो ।

प्रतियोगितामा छात्रतर्फ कालिका मावि र छात्रातर्फ विन्ध्यबासिनी मावि तृतीय स्थान हासिल गर्न सफल भए । 
तेश्रो स्थानका लागि भएको खेलमा छात्रतर्फ कालिका माविले ईन्द्रराज्यलक्ष्मी माविलाई २५–१८, २५–१७ र २५–२१ को सेटमा पन्छायो । 

छात्रातर्फ विन्ध्यबासिनी माविले भद्रकाली माविलाई २५–१४, २६–२४ र २५–६ को सोझो सेटमा हरायो । 
तृतीय स्थान हासिल गरेको कालिका मावि र विन्ध्यबासिनी माविले नगद ३०÷३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा छात्रतर्फ शान्ता माविका ज्ञानु परियार तथा छात्रातर्फ शान्ता माविकै गंगा गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले जनही नगद ५÷५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । 

प्रतियोगितामा छात्रतर्फ मेश्रम वराह माविका सविन नेपाली उत्कृष्ट स्पाइकर, शान्ता माविका विवेक सुनार उत्कृष्ट सेटर, शान्ता माविकै सुभास गुरुङ उत्कृष्ट सर्भर, कालिका माविका उमेश गुरुङ उत्कृष्ट डिफेन्स र मेश्रम वराह माविका किशोर विक उत्कृष्ट व्लकर घोषित भए ।

यसैगरी, छात्रातर्फ चार विधामा शान्ता माविका विद्यार्थी उत्कृष्ट भए । शान्ता माविका जमुना गुरुङ उत्कृष्ट स्पाइकर, निशा भुजेल उत्कृष्ट सेटर र शिला बस्नेत उत्कृष्ट सर्भर घोषित भएका हुन् । लक्ष्मी माविकी गिरमाया गुरुङ उत्कृष्ट डिफेन्स घोषित भईन् । उत्कृष्ट सबैलाई एक÷एक थान भलिबल प्रदान गरिएको थियो ।

बिजयीहरुलाई सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेल, कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुली, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बानियाँ, पोखरा महानगर खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्का लगायतले पुरस्कार वितरण गरे ।
 

#सोमबार पोखरामा सम्पन्न प्रतियोगितामा शान्ता माविले छात्र तथा छात्रा दुबै तर्फको उपाधि जितेको हो ।
Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

एभरेस्ट भलिबल लिगका बाँकी खेल तत्कालै नहुने

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

नेपालमा हुने भनिएको काभा महिला भलिबल लिग स्थगित

विदेशी खेलाडी स्वदेश फर्किन थाले

विदेशी खेलाडी स्वदेश फर्किन थाले

Bhat Bhateni
एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

एन्फा फुटसल निर्देशक महर्जनले दिए राजीनामा

खराब कीर्तिमानतिर आयुब

खराब कीर्तिमानतिर आयुब

नायक भान डाइक

नायक भान डाइक

इन्टर मिलानको जितमा थुरमको २ गोल

इन्टर मिलानको जितमा थुरमको २ गोल

उपाधि रक्षा यात्रामा पीएसजी

उपाधि रक्षा यात्रामा पीएसजी

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

रोनाल्डोबिनै अल–नासरको फराकिलो जित

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

सेमिफाइनलको ढोका खोल्न उत्रिँदै नेपाल

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा

युएईमाथि सहज जित निकाल्दै पाकिस्तान सुपर फोमा