काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत घरेलु टोली यूएईविरुद्ध नेपालले १ सय रन पूरा गरेको छ ।
युएईले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको नेपालले २८ औं ओभरमा १ सय रन पूरा गरेको हो ।
१ सय रन पूरा गर्न नेपालले ५ विकेट गुमाएको छ ।
नेपालका कुशल भुर्तेलले ११, आसिफ शेख ७, ज्ञानेन्द्र मल्ल २८, दिपेन्द्र सिंह ऐरी ४ तथा आरिफ शेख शुन्यमा आउट भए।
नेपालका लागि रोहित पौडेल ४४ रन बनाएर अविजित रहेका छन् । उनलाई नयाँ ब्याटर सोमपालले साथ दिइरहेका छन्।