सोतोकान कराते भोलि
शुक्रबार, चैत ४, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाल सोतोकान कराते डो संघ (एसकेडियुएन), भक्तपुर शाखाको आयोजनामा पाँचौं राष्ट्रिय सोतोकान कराते तथा चौथो सूर्यविनायक मेयर कप कराते प्रतियोगिता शनिबार हुने भएको छ ।
प्रतियोगितामा एकल कातासहित ३० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक शाखाका अध्यक्ष अनिल श्रेष्ठले जनाएका छन् ।
सूर्यविनायक नगरपालिकाको सहयोगमा हुन लागेको प्रतियोगितामा करिब १ सय ५० खेलाडीको सहभागिता रहने छ ।
शीर्ष तीन स्थान हात रहने टिम, उत्कृष्ट खेलाडी र अनुशासित टिमलाई नगद पुरस्कार प्रदान गरिने छ ।
एकदिने प्रतियोगिताका खेलहरु कौशल्टारस्थित ह्वाइट प्यालेस बैंक्युटमा हुने छ ।
सोतोकान कराते भोलि






-1761998475071.jpg&w=3840&q=75)
-1761641224925.jpeg&w=3840&q=75)
-1726842393-1761580575737.avif&w=3840&q=75)






