काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजमा युएईले पपुवा न्यु गिनीलाई हराएको छ ।
युएईको सारजाहमा मंगलबार भएको खेलमा घरेलु टोलीले पीएनजीलाई ७ विकेटले हराएको हो ।
पीएनजीले दिएको १ सय ७७ रनको लक्ष्य युएईले ४४ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो ।
युएईका लागि आसिफ खानले अविजित रहदै ८१ रनको अर्धशतकीय इनिङ खेले । बृत्य अरविन्दले ४० रन जोड्दा रिजवानले अविजित २६ रन बनाए । मुहमद वासिमले २२ रन जोडे ।
पीएनजीका चाड सोप्रले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन जोडेको थियो ।
पीएनजीका असाद भालाले ४६ रन बनाए । सिमोन अटाईले अविजित २५ रन जोडे । चार्ल्स अमिनीले २३ रन बनाए ।
युएईका बसिल हामिदले ४ विकेट लिए । अहमेद राजाले २ विकेट लिए ।
यस जितसँगै युएईले १५ खेलमा १८ अंक जोडेको छ । युएई दोस्रो स्थानमा रहेको छ ।
पीएनजी अंक विहीन रहेको छ ।