शुक्रबार, १५ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटसल
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्वस्तिश्री गुरुकुल च्याम्पियन

शुक्रबार, २७ फाल्गुण २०७८खेलपाटी संवाददाता
स्वस्तिश्री गुरुकुल च्याम्पियन
Loading ad...
mustang rice ad

काठमाडौं । स्वस्तिश्री गुरुकुल स्कुलले न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।

स्वस्तिश्री गुरुकुलले माउन्ट ग्लोरी स्कुललाई पेनाल्टीमा ३–२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा शुक्रबार भएको फाइनलको निर्धारित समयमा १–१ गोलको बराबरीपछि पेनाल्टीमा स्वस्तिश्रीले बाजी मारेको हो ।

च्याम्पियन बनेसँगै स्वस्तिश्रीले आकर्षक शिल्ड र मेडल प्राप्त गरेको छ । दोस्रो भएको माउन्ट ग्लोरीले पनि शिल्ड र मेडल प्राप्त गर्यो ।

सेक्रेट हार्टलाई पराजित गर्दै सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) तेस्रो भयो । स्वच्छ प्रतिस्पर्धाका लागि भएका कारण सुरुवाती संस्करणमा पुरस्कार नराखिएको आयोजक न्यु एरा एकेडेमीका प्रिन्सिपल राजेश रायमाझीले बताए ।

सेक्रेट हार्टका सन्तोष मोक्तान प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । प्रगति बोर्डिङ स्कुलका अर्भिन लम्साल उदियमान खेलाडी चुनिए । च्याम्पियन स्वस्तिश्री गुरुकुलका विदुङ श्रेष्ठ उत्कृष्ट गोलरक्षक चुनिए । उनले फाइनलमा पेनाल्टी बचाएका थिए । उनीहरुले ट्रफी प्राप्त गरे ।

कविद्या संस्कार स्कुलले प्रतियोगिताको फेयर प्लेको ट्रफी जित्न सफल भयो । प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई न्यु एरा एकेडेमीका अध्यक्ष राजकुमार कुँवर, हिमरश्मीका लोकेन्द्र बहादुर खड्का, एन्जल्स हार्टका प्रिन्सिपल धन बहादुर पुन, स्वस्तिश्री गुरुकुलका प्रवन्ध निर्देशक मिना महर्जन, बात्सल्य किन्नरा स्कुलका प्रिन्सिपल निर्मला सिलवाल र न्युर एराका प्रिन्सिपल राजेश रायमाझीलगायतले पुरस्कृत गरे ।

तारकेश्वर नगरपालिका ८ हिलेडोलमा रहेको न्यु इरा एकेडेमीको आयोजनामा २५ फागुनबाट शुरु भएको प्रतियोगितामा विभिन्न २५ स्कुलको सहभागिता रहेको थियो । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरी लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गराइएको थियो ।

पहिलो र दोस्रो लिन लिग चरणका तथा अन्तिम दिन प्रि–क्वाटरदेखि फाइनलसम्मको खेल भएको थियो ।

Loading ad...
LiNing Ad
स्वस्तिश्री गुरुकुल च्याम्पियन

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

यु-१४ बोइज तथा गर्ल्स फुटसल जेठ अन्तिमबाट

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

पुरुष फुटसल टोलीको वरीयतामा चार स्थान सुधार

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

माल्दिभ्सलाई १४ गोल हान्दै बंगालदेशले जित्यो साफ फुटसलको उपाधि

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

आफ्नै निर्णयले संकटमा परेका इन्फान्टिनो

हारसहित फर्किँदै नेपाली टोली

हारसहित फर्किँदै नेपाली टोली

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

फिफाविरुद्ध मोर्चाबन्दीमा ५५ युरोपेली राष्ट्र

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

इतिहासमै पहिलोपटक भारतमा खेल्न आउँदै ब्राजिल

गीता पनि भुटानी लिगमा

गीता पनि भुटानी लिगमा

 रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

रचनालाई गामा एसियन च्याम्पियनसिपमा रजत

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

अर्जेन्टिनाविरुद्ध फिफाले सुरु गर्‍यो अनुशासनात्मक अनुसन्धान

भोजिन्हाले पाउलान् उपनाम राख्न ?

भोजिन्हाले पाउलान् उपनाम राख्न ?