सोमबार, कार्तिक २५, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

श्रीलंका नेभीमाथि नेपालको जित

सोमबार, फागुन २३, २०७८खेलपाटी संवाददाता
श्रीलंका नेभीमाथि नेपालको जित
Classic Tech Internet Ad

काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई पराजित गरेको छ । 

५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीलाई १ सय ११ रनले पराजित गरेको हो ।   

नेपालले दिएको २ सय १५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका नेभी २८ दशमबल ५ ओभरमा अलआउट हुदै १ सय ३ रनमा सिमित भयो । 

श्रीलंका नेभीका लागि एम मधुशंकाले सर्वाधिक ३९ रनको योगदान गरे । 

नेपालका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । 

ज्ञानेन्द्र मल्ल र विक्रम सोबले दुई–दुई विकेट लिए ।

सागर ढकाल, कमल सिंह ऐरी र करण केसीले एक–एक विकेट हात पारे । 

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमबल १ ओभरमा अलआउट हुदै २ सय १४ रन जोड्यो ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान गरे । 

आशिफ शेखले ३६, विनोद भण्डारी २२, करण केसी १६, कमल सिंह ऐरी १५, कुशल भुर्तेल १३, रोहित पौडेल १३, सागर ढकाल १३, कप्तान सन्दीप लामिछाने ११, विक्रम सोब ११, र ज्ञानेन्द्र मल्लले २ रन जोडे ।

श्रीलंका नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक ४ तथा अवादतले ३ विकेट हात पारे ।

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग टु अन्तर्गत सिरिजको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो ।

श्रीलंकामा नेपाली टोलीले श्रीलंकाको फस्ट क्लास क्लबसँग ४ अभ्यास खेल खेल्ने छन्  ।

नेपालले दोस्रो अभ्यास खेलपनि श्रीलंका नाभीविरुद्ध मंगलबार खेल्नेछ । 

नेपालले तेस्रो खेल बिहीबार श्रीलंका पुलिस र चौथों खेल शुक्रबार फस्ट क्लास खेलाडी सम्मलित टोलीसँग अभ्यास खेल खेल्ने छन् ।

नेपाली टोली श्रीलंकाबाटै मार्च १४ मा युएई प्रस्थान गर्ने छन् ।

युएईमा हुने सिरिजका लागि नेपालले सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा गरिसकेको छ ।

नेपालले सिरिजमा युएई र पपुवा न्यू गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

सिरिजको पहिलो खेलमा नेपालले पीएनजीविरुद्ध खेल्नेछ  ।

नेपाल र पीएनजीबीचको खेल मार्च १६ मा शारजहा क्रिकेट मैदानमा हुनेछ ।

नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ ।  

नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ ।

नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ ।
 

Bajaj Pulsar Motorcycle Ad
#कप्तान सन्दीप लामिछाने

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

युएईसँग पनि नेपाल पराजित

युएईसँग पनि नेपाल पराजित

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

अभिषेक सबैभन्दा छिटो १००० रन बनाउने खेलाडी

नेपालको लगातार दोस्रो हार

नेपालको लगातार दोस्रो हार

Bajaj Pulsar Motorcycle Ad
संकटमा नेपोली

संकटमा नेपोली

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

लिभरपुलमाथि सिटीको प्रभावशाली जित

रियलको चलेन हतियार

रियलको चलेन हतियार

रियलसँग अंक घटाउँदै बार्सिलोना

रियलसँग अंक घटाउँदै बार्सिलोना

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

नेपाल काभा महिला भलिबलको फाइनलमा पराजित

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

एन्फाले सडकमा उत्रिएका खेलाडीलाई वार्तामा बोलायो

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

राखेप उपाध्यक्षको नियुक्ति विवादमा, छानबिनको माग

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक

लालिगुँरासको जितमा आशिषको ह्याट्रिक