काठमाडौं । श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले आज पहिलो अभ्यास खेल खेल्दैछ ।
५० ओभरको पहिलो अभ्यास खेलमा नेपालले श्रीलंका नेभीविरुद्ध खेल्दैछ ।
नेपालले श्रीलंका नेभीलाई २ सय १५ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७ दशमबल १ ओभरमा अलआउट हुदै २ सय १४ रन जोड्यो ।
नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ रनको योगदान गरे ।
आशिफ शेखले ३६, विनोद भण्डारी २२, करण केसी १६, कमल सिंह ऐरी १५, कुशल भुर्तेल १३, रोहित पौडेल १३, सागर ढकाल १३, कप्तान सन्दीप लामिछाने ११, विक्रम सोब ११, र ज्ञानेन्द्र मल्लले २ रन जोडे ।
श्रीलंका नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक ४ तथा अवादतले ३ विकेट हात पारे ।