काठमाडौं । इंग्ल्यान्डका बलर ओली रोबिनसनले वेस्ट इन्डिजविरुद्धको पहिलो टेस्ट गुमाउने भएका छन् ।
ढाडको चोटको कारण रोबिनसनले पहिलो टेस्ट गुमाउने भएका हुन् ।
२८ वर्षीय रोबिनसनले अभ्यास खेल दौरान चोट बोकेका थिए ।
उनको स्थानमा इंग्ल्यान्डले सकिब मोमुदलाई टिममा राखेको छ ।
इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच पहिलो टेस्ट भोलि मंगलबार सुरु हुनेछ ।
इंग्ल्यान्ड तीन खेलको टेस्ट सिरिजको लागि वेस्ट इन्डिज भ्रमणमा रहेको छ ।