बुधबार, ०२ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. अन्य
Loading ad...
Bhat Bhateni Supermarket Ad

बागमती प्रदेश खेलकुदको खेल तालिका सार्वजनिक 

आइतबार, २२ फाल्गुण २०७८खेलपाटी संवाददाता
बागमती प्रदेश खेलकुदको खेल तालिका सार्वजनिक 
Loading ad...
mustang rice ad

काठमाडौं । बागमती प्रदेशले प्रदेश स्तरिय खेलकुद प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । 

हेटौंडास्थित पिप्ले क्याम्पा रंगशालामा मुख्य मन्त्री राजेन्द्र पाण्डेले फाल्गुन २८ गते प्रतियोगिताको उद्घान गर्ने छन ।

मुल आयोजक कमिटिले सार्वजनिक गरिएको खेल तालिका अनुसार मकवानपुरको हेटौंडाले तीन खेलको आयोजना गर्ने अवसर पाएको छ ।

पिप्ले क्याम्पा रंगशालामा फाल्गुन २९ देखि पुरुष फुटबल हुदैछ ।  थानाभर्याङ कभर्डहलमा फाल्गुन  २९ देखिनै व्याडमिन्टन हुने छ, भने  भुटनदेवी स्कुलमा चैत्र ५ देखि तेक्वान्दो हुनेछ ।

त्यस्तै चितवनमा फाल्गुन ३० गते देखि भलिबल र क्रिकेट एकै साथ सुरु हुने छन् । माडी खेल मैदानमा महिला तथा पुरुष भलिबल र  गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा महिला तथा पुरुष क्रिकेटका खेलहरु संचालन हुने छन् ।

त्यस्तै काठमाण्डौको दशरथ रंगशालामा चैत्र ६ देखि एथ्लेटिक्स हुने छ । समापन सहित दुई खेलको आयोजना गर्ने अवसर काभ्रले  प्राप्त गरेको छ ।

महिला फुटबल चैत्र ७ देखि धुलीखेल फुटबल मैदानमा शुरु हुने छ, चैत्र ९ देखि काभ्रेपलाञ्चोकमा बक्सिङ हुनेछ । सिन्धुपालञ्चोकमा चैत्र ७ गते देखि कराते शुरु हुनेछ । प्रतियोगिताको समापन चैत्र १२ गते काभ्रेपलाञ्चोकमा हुनेछ ।

प्रतियोगितालाई भब्य,व्यवस्थित र पारदर्शी बनाउन मुल आयोजक समितिका अलवा ६ वटा उपसमिति र ८ वटा प्राविधिक समिति गठन गरिएको छ ।

प्रतियोगितामा महिलातर्फ ९३९ र पुरुषतर्फ १२४९ गरि कुल २१८८ जना खेलाडीले आ–आफ्नो विधामा स्पर्धा गर्ने छन् । अफिसियल र निर्णायकको संख्या ४५६ रहने छ ।

प्रतियोगितामा करिब ८ करोड ४ लाख खर्च हुने अनुमान गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी गराए ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ र प्रत्येक खेलाडीको बिमाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

 

Loading ad...
LiNing Ad
बागमती प्रदेश खेलकुदको खेल तालिका सार्वजनिक

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

उपाधिका लागि आर्मी र एपीएफ भिड्ने

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

महिला तथा पुरुष राष्ट्रिय हक्की टिमको जर्सी सार्वजनिक

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
सेमिफाइनल समीकरण पूरा

सेमिफाइनल समीकरण पूरा

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

आयोजक राष्ट्रिय जागृतिले सातदोबाटोको सामना गर्दै

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

कुशलको अलराउन्ड प्रदर्शनमा आर्मीको शतप्रतिशत जित

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

च्यालेन्ज ट्रफी खेल्न रुवान्डा जाँदै नेपाली टोली

लुटियो बार्सिलोना !

लुटियो बार्सिलोना !

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

साबिक विजेता मछिन्द्र सेमिफाइनलमा

कटारीले जित्यो ११औं ओसन कप

कटारीले जित्यो ११औं ओसन कप

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा

सम्राट विराट गोल्डकपको सेमिफाइनलमा