नेपालले टियुमा एकदिवसीय र त्रिदेशीय टी-ट्वान्टी सिरिज खेल्ने
आइतबार, फागुन २२, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले घरेलु मैदानमा एकदिवसीय र त्रिदेशीय टी-ट्वान्टी सिरिज खेल्ने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पीएनजीसँग एकदिवसीय अन्तराष्ट्रिय सिरिज खेल्ने जनाएको हो ।
नेपालले पीएनजीसँग मार्चमा दुई खेलको एकदिवसीय सिरिज खेल्ने छ।
टियु क्रिकेट मैदानमा हुने सिरिज मार्च २५ र २६ मा हुनेछ ।
यस्तै नेपालले टियुमै पीएनजी र मलेसियासँग त्रिदेशीय टी-ट्वान्टी सिरिज खेल्नेछ ।
त्रिदेशीय सिरिज मार्च २८ देखि अप्रिल ४ सम्म हुने क्यानले जनाएको छ ।
नेपालले घरेलु मैदानमा एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्ने










-1762739898132.webp&w=3840&q=75)
-1762739191804.webp&w=3840&q=75)
-1762738260104.webp&w=3840&q=75)



