काठमाडौं । इन्टरनेशनल बास्केटबल फेडरेसन (फिबा) ले रुसलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन प्रतिवन्ध लगाएको छ ।
इन्टरनेशनल ओलम्पिक कमिटिको सिफारिस अनुसार फिबाले रुसलाई प्रतिवन्ध लगाएको हो ।
रुसले युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय खेलकुद निकायले रुसमाथि प्रतिवन्ध लगाउने निर्णण् गरेका छन् ।
यसको अर्थ रुसको महिला टिमले सेप्टेम्बर २२ देखि अष्ट्रेलियामा हुन लागेको फिबा महिला विश्वकपमा सहभागिता जनाउन पाउने छैन ।
पुरुष टिम भने २०२३ विश्व च्याम्पियनशीपको छनोट खेल्ने पाउने छैन ।
फिबाले रुसका खेलाडी तथा पदाधिकारीलाई अनिश्चितकालसम्मका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता सहभागितामा प्रतिवन्ध लगाएको छ ।