काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टिमको बन्द प्रशिक्षणबाट १० खेलाडी बाहिरिएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसल टिमको बन्द प्रशिक्षणमा रहेका ३२ खेलाडीबाट १० जना बाहिरिएको जनाएको छ ।
अब प्रशिक्षणमा २२ खेलाडी रहेका छन् ।
नेपाली टोलीका मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडी बोलाएका थिए ।
एएफसी फुटसल एसियन कप छनोटका लागि नेपालले प्रशिक्षण गरिरहेको छ ।
छनोटमा नेपाल समूह 'बी' मा रहेको छ ।
सेन्ट्रल र साउथ जोन अन्तर्गत नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।
छनोट किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुनेछ ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी :
अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सुमित कुमार आले, आदील हमाद, अमित लामा, बिजय श्रेष्ठ, विक्रान्त नरसिंह राणा, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, क्रिजल खड्का, मणि कुमार लामा, मिलन राई, मनोज गुरुङ, प्रवेश जोशी, रोशन छन्त्याल, सरोज तामाङ, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा