काठमाडौं । नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के लुम्बिनी प्रदेश खेलकुद विकास परिषद्को बोर्ड सदस्यमा नियुक्त भएकी छिन् ।
आईतबार बसेको प्रदेशको मन्त्री परिषद् बैठकले मास्केलाई प्रदेश खेलकुद विकास परिषद्को बोर्ड सदस्यमा नियुक्त गरेको हो ।
मास्के नेपाल भलिबल संघकी केन्द्रिय उपाध्यक्ष हुन् । उनी पाल्पा जिल्लाबाट प्रतिनिधित्व हुने गरि परिषदमा नियुक्त भएकी हुन् ।
बैठकले परिषद्को अन्य बोर्ड सदस्यमा रुपन्देहीका जयप्रकाश भट्टराई, कोशिशबहादुर खड्का, अर्जुन घिमिरे, सालामुद्धीन अन्सारी, राजकुमार पाण्डे, पाल्काबाट मास्के सहित अच्युत पाण्डेय, नवलपरासी पश्चिमा नाथु सिंह, प्युठानका बरुणध्वज मल्ल, अर्घाखाँचीका कृष्णबहादुर सारु, रोल्पाका हरिबहादुर वली, बर्दियाका नरेन्द्र शर्मा, बाँकेबाट नरेन्द्र थापा, दाङका टेकबहादुर विश्वकर्मा, रुकुम पूर्वका दुतबहादुर पुनमगर, गुल्मीका भरत थापालाई नियुक्त गरेको छ ।
नियुक्त गरिएका बोर्ड सदस्यबाट प्रदेश सरकारले प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिव नियुक्त गर्ने तयारी गरेको छ ।