काठमाडौं । नेपाल ओलम्पियन संघको दुई दिने अभिमूखिकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
ओलम्पियनहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यले संघले नेपाल ओलम्पिक कमिटीको केन्द्रीय कार्यालयमा बिहीबारबाट कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रममा ओलम्पियनहरुलाई पब्लिक स्पिकिङ, योगा, मेडिटेसन र खेल मनोविज्ञानसम्बन्धी जानकारी दिईएको थियो ।
कार्यक्रममा ओलम्पियनहरुलाई पब्लिक स्पिकिङमा राजेश पाण्डे, योगा र मेडिटेसनमा पुस्कर पन्त तथा खेल मनोविज्ञानमा इन्द्र गुरुङले प्रशिक्षण दिएका थिए ।
त्यस्तै खेल विज्ञ डा. प्रकाश प्रधानले समेत खेल मनोविज्ञानबारे ओलम्पियनहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रममा ४० ओलम्पियनहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापनमा एनओसीका उपाध्यक्ष तथा डिरेक्टर चतुरानन्द राज बैद्यले सहभागीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।