राडुकानुको पिछा गर्ने अमृतलाई रेस्ट्रेनिङ अर्डर

काठमाडौं । युएस ओपन च्याम्पियन इमा राडुकानुलाई पछ्याउने नेपाली मुलका अमृत मगरलाई पाँच वर्षे रेस्ट्रेनिङ अर्डर र सामाजिक सेवा गर्नुपर्ने सजाय सुनाईएको छ ।
ब्रोम्ली मेजिट्रेट्स अदालतले राडुकानुलाई पछ्याएर सताएको आरोपमा दोषी ठहर भएका अमृतलाई रेस्ट्रेनिङ अर्डर र सामाजिक सेवा गर्नुपर्ने सजाय सुनाएको हो ।
अदालतको फैसलासँगै अमृतले राडुकानु र उनको परिवारको एक माइल वरिपरी आउन पाउने छैनन् । यस्तै कम्युनिटी अर्डर अनुसार १८ महिना पारिश्रमिक बिना सामाजिक काम गर्नु पर्नेछ ।
त्यस्तै उनको निगरानीको लागि उनको खुट्टामा विधुतीय ट्याग जडान गरिनेछ ।
१९ वर्षीया बेलायती टेनिस स्टार राडुकानुलाई पछ्याएको आरोपमा गत जनवरीमा ३५ वर्षीय अमृत पक्राउ परेका थिए।
अमृतले उनको घरमा तीन पटक छिरेको तथा उनको बुवाको सोभेनरको रुपमा रहेको जुत्ता चोरी गरेका थिए ।
यस्तै अमृतले राडुकानुलाई उनी प्रेमको हकदार रहेको भन्दै पत्र लेखेका थिए । अमृतले उनलाई भेट्ने आशामा उत्तर लन्डनको एडगवेयरबाट हिडेको २३ माइल चित्रण गर्ने नक्सा छाडेका थिए ।
अन्तिम पटक डिसेम्बर ४ मा अमृतले राडुकानेको बगैचामा क्रिसमस लाइटहरु तथा राडुकानुको जुत्ता सोचेर उनको बुबाको जुत्ता चोरेका थिए ।
तर राडुकानेका बुबा इयानले सिसी क्यामराबाट अमृतलाई पहिचान गरेका थिए किनभने उनी पटक पटक सो घरतिर आएका थिए साथै कारले पछ्याएका थिए ।









-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

-1767098144368.jpg&w=3840&q=75)


