काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टिमको बन्द प्रशिक्षण शुक्रबारबाट सुरु हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसल टिमको बन्द प्रशिक्षण शुक्रबार सुरु हुने जनाएको छ ।
एन्फाले नेपाली टोलीले ४ दिन काठमाडौंमा प्रशिक्षण गर्ने र त्यसपछिको प्रशिक्षण पोखरामा गर्ने जनाएको छ ।
मुख्य प्रशिक्षक गौरव बस्नेतले बन्द प्रशिक्षणका लागि ३२ खेलाडी छनोट गरिसकेका छन् ।
एएफसी फुटसल एसियन कप छनोटका लागि नेपालले प्रशिक्षण सुरु गर्न लागेको हो ।
छनोटमा नेपाल समूह 'बी' मा रहेको छ ।
सेन्ट्रल र साउथ जोन अन्तर्गत नेपालको समूहमा उज्वेकिस्तान, ताजिकिस्तान र अफगानिस्तान रहेका छन् ।
छनोट किर्गिस्तानमा अप्रिल १ देखि १५ सम्म हुनेछ ।
बन्द प्रशिक्षणमा डाकिएका खेलाडी :
गोलकिपर - अनिश श्रेष्ठ, विश्वास पौडेल, लक्ष्मण थापा, सचिन श्रेष्ठ, सन्जिब तामाङ, सुमित कुमार आले
फिक्सो - अरुज सिंह, बिजय श्रेष्ठ, बिक्कु तामाङ, सरोज तामाङ
पिभोट - अविनाश तामाङ, विक्रान्त नरसिंह राणा, धिरज जोशी, हेमन्त गुरुङ, खिमराज गुरुङ, किशोर गुरुङ, मिलन राई, प्रवेश जोशी, रिवोस मास्के, सुसन श्रेष्ठ
एएलए - आदील हमाद, अमित लामा, जेनिस प्रजापति, किरण चौधरी, क्रिजल खड्का, मणि कुमार लामा, मनोज गुरुङ, रञ्जित गुरुङ, रोशन छन्त्याल, सुमित श्रेष्ठ, सुरज गुरुङ, उर्केन शेर्पा