चार नेपाली खेलाडी स्की च्याम्पियनशीपमा सहभागी हुने
सोमबार, ०९ फाल्गुण २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपालका चार खेलाडीले लेवननमा हुने ३० औं एसियन अल्पाइन स्की च्याम्पियनशीपमा सहभागिता जनाउने भएका छन् ।
फेब्रुअरी २२ देखि २८ सम्म एसियन स्की फेडरेसनले आयोजना गर्ने च्याम्पियनशीपमा पुरुषतर्फ साहस राम श्रेष्ठ र सफल
राम श्रेष्ठ तथा महिलातर्फ संगीता लामा र डेबोरा तिमल्सिनाले सहभागिता जनाउनेछन् ।
प्रविण कर्माचार्य नेपाल टिमका व्यवस्थापक हुन् ।
यसैबीच, नेपाल स्की संघले सोमबार नेपाली टिमको विदाई गरेको छ ।
स्की संघ तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले उनीहरुलाई विदाई गरे ।
#एसियन अल्पाइन स्की च्याम्पियनशीप









-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

-1767098144368.jpg&w=3840&q=75)

