काठमाडौं । चीनको बेईजिङमा आईतबार सम्पन्न हुन लागेको विन्टर ओलम्पिक २०२२ मा नर्वे पदक तालिकाको शीर्ष स्थानमा रहेको छ ।
नर्वेले सर्वाधिक १६ स्वर्ण, ८ रजत र १३ कास्यसहित कुल ३७ पदक जितेको छ ।
दोस्रो स्थानमा रहेको जर्मनीले १२ स्वर्ण, १० रजत र ५ कास्यसहित जम्मा २७ पदक जितेको छ ।
आयोजक चीन भने तेस्रो स्थानमा रहेको छ ।
चीनले ९ स्वर्ण, ४ रजत र २ कास्यसहित जम्मा १५ पदक जितेको छ ।
चौथों स्थानमा रहेको अमेरिकाले ८ स्वर्ण, १० रजत र ७ कास्यसहित २५ पदक हात पारेको छ ।
स्वीडेनले ८ स्वर्ण, ५ रजत र ५ कास्यसहित १८ पदक जितेर पाँचौ भएको छ ।
छैठौं स्थानमा रहेको नेदरल्यान्ड्सले पनि ८ स्वर्ण, ५ रजत र ४ कास्य हात पारेको छ ।
सातौं स्थानको अष्ट्रीयाले समान ७ स्वर्ण, ७ रजत र ४ कास्य जित्दा आठौं स्थानको स्वीट्जरल्यान्डले ७ स्वर्ण, २ रजत र ५ कास्य जितेको छ ।
नवौं स्थानको रुस ओलम्पिक कमिटिले ६ स्वर्ण, १२ रजत र १४ कास्य पदक प्राप्त गरेको छ ।
१० औं स्थानमा रहन सफल भएको फ्रान्सले ५ स्वर्ण, ७ रजत र २ कास्य प्राप्त गर्यो ।