काठमाडौं । बेइजिङ विन्टर ओलम्पिक अन्तर्गत नर्वेले सर्वाधिक २८ पदक हात पारेको छ ।
नर्वेले १३ स्वर्ण, ७ रजत र ८ कास्यसहित २८ पदक सहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।
दोस्रो स्थानको जर्मनीले १० स्वर्ण, ६ रजत र ४ कास्य जित्दा तेस्रो स्थानमा उक्लिएको अमेरिकाले ८ स्वर्ण, ७ रजत र ४ कास्य पदक हात पारेको छ ।
आयोजक चीन ७ स्वर्ण, ४ रजत र २ कास्यसहित चौथो स्थानमा छ ।
पाँचौ स्थानको अष्ट्रीयाले ६ स्वर्ण, ७ रजत र ४ कास्य हात पार्दा नेदरल्यान्ड्स र नर्वेले समान ६ स्वर्ण, ४ रजत र ४ कास्य प्राप्त गरेका छन् ।
स्वीट्जरल्यान्डले ५ स्वर्ण र ५ कास्य, रुस ओलम्पिक कमिटिले ४ स्वर्ण, ८ रजत र १२ कास्य तथा फ्रान्सले ४ स्वर्ण, ७ रजत र २ कास्य जितेका छन् ।