पोखरा । समाजसेवी सुभाष श्रेष्ठले सहारा एकेडेमीका बालकहरुका लागि ट्रयाक सुट सहयोग गरेका छन् ।
श्रेष्ठले पोखरा १७ दोबिल्लास्थित सहारा एकेडेमीमै पुगेर बुधबार एक कार्यक्रमकाबीच क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) लाई २८ थान ट्रयाक सुट हस्तान्तरण गरेका हुन् । ओभिए कन्सल्टेन्सीका डाइरेक्टर सुभाष श्रेष्ठ, कन्सुलर सिर्जना सापकोटाले ट्रयाक हस्तान्तरण गरेका हुन् ।
एकेडेमीका संयोजक चित्रबहादुर पुनले सहयोगप्रति आभार व्यक्त गरे । यसअघि पनि समाजसेवी श्रेष्ठले एकेडेमीमा नगद सहयोग गरेका थिए ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष वीरभद्र आचार्य, वरिष्ठ उपाध्यक्ष केशवराज बराल, कार्यसमिति सदस्य शंकर सुवेदी, अतीत गुरुङ लगायतको उपस्थिति रहेको थियो ।