काठमाडौं । लागूुपदार्थको परिक्षणमा असफल भएको पुष्टि भएपनि रुसकी फिगर स्केटर कामिला भालिएभाले चीनमा जारी विन्टर ओलम्पिकको थप खेलमा प्रतिस्पर्धा गर्न पाउने भएकी छन् ।
सोमबार कोर्ट अफ आर्विट्रेसन फर स्पोर्टले कुनै अस्थायी निलम्बन नगर्ने निर्णय गरेपछि १५ वर्षीया कामिलाले थप खेलमा प्रतिस्पर्धा गर्न पाउने भएकी हुन् ।
यस अघि कामिलाले रुस ओलम्पिक कमिटिलाई गत सोमबार टिम फिगर स्केटिङमा स्वर्ण पदक दिलाएकी थिईन् ।
तर कानूनी मुद्दाका कारण पदक वितरण भने गरिएको थिएन ।
इन्टरनेशलन टेस्टीङ एजेन्सीले पनि रुसकी कामिला गत डिसेम्बरमा लागूुपदार्थको परिक्षणमा असफल भएको पुष्टि गरेको थियो ।
तर रुसी एन्टी डोपिङ एजेन्सीले उनीमाथिको प्रतिबन्ध फुकुवा गर्दै बेइजिङ विन्टर ओलम्पिकमा सहभागिताका लागि सहमति दिएको थियो ।
तर अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले भने त्यसविरुद्ध अपिल गरेको थियो ।
कामिलाको रुसी फिगर स्केटिङ च्याम्पियनसिपका दौरान क्रिसमसको दिनमा परिक्षण गरिएको थियो ।
कामिलाको स्याम्पल वल्ड एन्टी डोपिङ एजेसन्सीलाई पठाइएको थियो जसले नतिजा भने फेब्रुअरी ८ तारिखमा मात्र आएको थियो ।
जबकी त्योबेलासम्म उनले स्वर्ण पदक जितिसकेकी थिईन् । तर पदक वितरण समारोह भने भएको थिएन ।
कामिलाले प्रतिस्पर्धा गरेको विधामा अमेरिका दोस्रो, जापान तेस्रो तथा क्यानाडा चौथों भएका थिए ।